• 12:12 pm

मनोद्धिपक लागु पदार्थ एम्फेटामाईन (YABA) र नियन्त्रित लागु औषध सहित जम्मा ४ जना कारोवारी पक्राउ

प्रकाशित मिति

२०८० माघ २६ गते, शुक्रबार ०१:१२

माघ २६, २०८० काठमाडौँ: विशेष सूचनाको आधारमा लागु औषध नियन्त्रण व्यूरोको निरन्तर निग्रानी तथा कार्वाहीको क्रममा अवैध लागु औषध कारोवार गर्ने व्यक्तिहरुलाई लागु औषध सहित पक्राउ गरी निजहरु उपर लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम सम्मानित काठमाडौं जिल्ला अदालतबाट लागु औषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान भई रहेको ब्यूरोले जानकारी गराएको छ ।

  • लागु औषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले मिति २०८०।१०।२४ गते १५:०० बजेको समयमा जिल्ला काठमाडौ बुढानिलकण्ठ न.पा. वडा नं. ८ स्थित सडक किनारामा बंगलादेशी नागरीक बर्ष ३५ को मोहमद मामुन खान नाम गरेको ब्यक्तिलाई फेला पारी निजको साथबाट लागु ‍औषध एम्फेटामाईन (YABA) ९७ ट्याब्लेट (९ ग्राम ६५० मिलिग्राम) बरामद गरीएको साथै थप अनुसन्धानका क्रममा बंगलादेशी नागरीक बर्ष २७ को मोहमद जोनी खानलाई जिल्ला काठमाण्डौं वुढानिलकण्ठ न.पा. वडा नं. ७ स्थित रहेको डेराकोठामा फेला पारी खानतलासी गर्दा निजको डेराकोठाबाट लागु ‍औषध एम्फेटामाईन (YABA) १०३ ट्याब्लेट (१० ग्राम २९० मिलिग्राम) सहित फेला पारी बरामद गरी निजलाई समेत पक्राउ गरिएको । निजहरुको साथ तथा कोठाबाट मनोद्धिपक लागु पदार्थ एम्फेटामाईन (YABA) जम्मा २०० ट्याब्लेट (१९.९४ ग्राम) फेला परेको ।
  • मिति २०८०।१०।२४ गते १४:०० बजेको समयमा जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. १४ खड्का गाउँ स्थित सडक किनारमा जिल्ला लम्जुङ बेसीशहर न.पा. वडा नं. ३ ठेगाना भएका बर्ष ४३ का बिक्रम बहादुर थापा र जिल्ला धादिङ्ग सिद्धलेक गा.पा. वडा नं. २ स्थायी ठेगाना भएका बर्ष ३९ को पित नारायण श्रेष्ठलाई बा.६ च. ३८३ नम्बरको कार सहित फेला पारी निजहरुको शरीर र उक्त कार खानतलासी गर्दा उक्त कार भित्र लुकाई राखेको नियन्त्रित लागु औषध (DIAZEPAM, BUPRENORPHINE र PROMETHAZINE ) ६०० एम्पुल फेला पारी पक्राउ परेका प्रतिवादी पित नारायण श्रेष्ठको जिल्ला काठमाडौं चन्द्रागीरी न.पा. वडा नं. ५ स्थितमा रहेको डेराकोठा खानतलासी गर्दा उक्त डेराकोठाबाट समेत थप नियन्त्रित लागु औषध ६००० एम्पुल फेला पारी बरामद गरिएको । निजहरुको साथ तथा कोठाबाट नियन्त्रित लागु औषध ६,६०० एम्पुल बरामद गरी थप अनुसन्धान भई रहेको ब्यहोरा जानकारीको लागी अनुरोध गरीएको छ ।

प्रतिकृया