• ११ असोज २०८३, आइतबार
  • ४ः२७ बिहान

उपत्यकाको सरकारी तथा गैरसरकारी कार्यालयहरूमा टोकन राख्न शुरू

प्रकाशित मिति

२०७७ आश्विन २१ गते, बुधबार ०४:४१

काठमाडौँ, महानगरिय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम सम्बन्धी मुख्य मुख्य व्यवहारिक र जीवन उपयोगी वुदाँहरू राखेर तयार गरिएको ट्राफिक प्रतिबद्धता टोकन काठमाडौ उपत्यकाको सरकारी तथा गैरसरकारी कार्यालयहरूमा राख्न शुरू गरेको छ ।

National Life

महाशाखाले उपत्यकाको मन्त्रालय, विभाग, सरकारी कार्यालय, अस्पताल, संघसंस्था, वित्तिय संस्था, स्थानिय तहका कार्यालयहरुमा आउने सेवाग्राही तथा कर्मचारीहरूलाई लक्षित गर्दै ट्राफिक नियम तथा सडक सुरक्षा सम्बन्धी सचेतना अभिबृद्धि गराउन ट्राफिक प्रतिबद्धता टोकन राख्ने कार्यको थालनी गरेको हो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले ट्राफिक व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र अझ प्रभावकारी बनाउनको लागी जनचेतना जगाउदै चालकहरुलाई आफ्नो जिम्मेवारी बोध गराई सडक सभ्यतालाई जीवन पद्दतिको रुपमा बिकास गर्न यो अभियान शुरू गरेको बताउनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

ूट्राफिक व्यवस्थापनका मुख्य तीन आधार प्रविधि सहितको सडक पुर्वाधार कानुनकार्यान्वयन र सडक सचेतना मध्ये सडक सुरक्षा सम्बन्धी जनचेतना अभिवृद्धि एक प्रमुख आधार हो ।ू ढकालले भने चौडा सडक, सडक बत्ती, चिल्ला सवारी साधनले मात्र ट्राफिकको समस्या समाधान हुने हैन । हामीले प्रयोग गर्ने सडक संस्कृतिमा सुधार र परिवर्तन नल्याएसम्म यस्ता समस्या भइनै रहन्छन् । त्यसैले यस्तो अभियानले ट्राफिक व्यवस्थापन एव सडक सभ्यतामा सुधार गर्नको लागी सहयोगी बन्ने अपेक्षा गरिएको छ।ू सवारी चालक वा सडक प्रयोगकर्ताहरूले पालना गर्नुपर्ने ट्राफिक नियमहरु जानकारी हुँदा जिम्मेवार नागरिक भई सडकमा प्रस्तुत हुने र त्यसबाट सडक सभ्यताको विकास भई ट्राफिक व्यवस्थापनमा थप सहयोग हुने भएकोले यस्तो ट्राफिक प्रतिबद्धता सम्बन्धी टोकन राखिएको बताउनुभयो ।

ट्राफिक महाशाखाको पहलमा काठमाडौ महानगरपालिकाको सहकार्यमा बढि सेवाग्राही आउने कार्यालय, प्रतिक्षालय, नागरिक सहायता कक्षहरुमा राख्न ४०० थान ट्राफिक प्रतिबद्धता टोकन र सार्वजनिक स्थान, कार्यालय कम्पाउण्ड तथा भिडभाडहुने स्थानहरुमा राख्नको लागी ५० थान ट्राफिक प्रतिबद्धता सम्बन्धि सुचनामूलक बोर्डहरू निमार्ण गरिएको महाशाखाले जनाएको छ ।

सबै पक्षले सडक अनुशासन,मर्यादा र धैर्यता कायम गरी एक अर्कोको सम्मान गर्दै ट्राफिक नियमको पालना गर्नु हामी सबैको कर्तव्य हो भन्ने मूल मन्त्र लिई सडकको उचित प्रयोग गर्दा दुर्घटनाको संभावना कम हुने र आफू र आफन्तजन सुरक्षित हुने भएकोले सदैव ट्राफिक नियमको पालना गर्न समेत ट्राफिक महाशाखाले विशेष अनुरोध गरेको छ ।

प्रतिकृया