• ७ असोज २०८३, बुधबार
  • १२ः४६ दिउँसो

नेप्सेमा झिनो गिरावट

प्रकाशित मिति

२०७७ आश्विन १९ गते, सोमबार ०६:१७

काठमाडौ, धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले आरोलो लागेको छ । आइतबार दोहोरो अङ्कले बढेको नेप्से थामिएको हो ।

National Life

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ३।६३ विन्दुले घटेर एक हजार ५८२।१२ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक भने ०।११ ले वृद्धि भई ३१२।४६ मा रहेको छ । कूल १९३ कम्पनीको ९५ लाख १८ हजार ७६५ कित्ता शेयर रु दुई अर्ब ५७ करोड ८६ लाख सात हजार ८८ बराबरको कारोबार भयो । यस्तै बजार पूँजीकरण भने बढेर रु २१ खर्ब आठ अर्बको हाराहारीमा पुगेको छ । कारोबार भएका कूल १२ उपसमूहमध्ये पाँच उपसमूहको शेयर उकालो लागेको छ भने सात उपसमूहको शेयर ओरालो लागेको छ । होटल ४।१५, विकास बैंक २४।४९, जलविद्युत् २७।३९, अन्य १।२६ र सामूहिक लगानी कोष ०।०९ बिन्दुले बढेको छ । बैंकिङ ३।८६, व्यापार ७।१५, वित्त ४।३१, निर्जीबन बीमा ११५।१८, उत्पादन ५३।३३, लघुवित्त १०।८१ र जीवन बीमा ८१।३४ ले घटेको छ ।

कारोबारमा आज नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको प्रतिकित्ता ८८७ को दरमा रु १४ करोड ९१ लाख बराबरको कारोबार भयो । यस्तै, अरुण काबेली पावर रु ११ करोड ७३ लाख ६३ हजार ५०७, अरुण भ्याली हाइड्रोपावर रु १० करोड ७० लाख ३० हजार, कुमारी बैंक रु नौ करोड ८९ लाख एक हजार ९९०, नेपाल बैंक लिमिटेड रु नौ करोड ८३ लाख १८ हजार ६२४, हिमालयन डिस्टिलरी रु नौ करोड पाँच लाख ३६ हजार ५०७ र अपि पावर कम्पनी रु आठ करोड तीन लाख सात हजार ९९७ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
यस्तै कारोबारका आधारमा रैराङ हाइड्रोपावर र कामना सेवा विकास बैंकका लगानीकर्ताले समान रुपमा १०÷१० प्रतिशतले कमाए । नेपाल फाइनान्स कम्पनी ९।२४, रिडी हाइड्रोपावर ७।६९, हिमाल दोलखा हाइड्रोपावर ७।६३, लुम्बिनी विकास बैंक ६।७० र युनियन हाइड्रोपावरका लगानीकर्ताले ६।३६ प्रतिशतले कमााए । त्यस्तै, प्रोगेसिभ फाइनान्स ७।१९, उन्नती सहयात्रा लघुवित्त ४, तारागाँउ रिजेन्सी होटल ३।८० र शिवम सिमेन्टका लगानीकर्ताले ३।४९ प्रतिशतले गुमाए ।
रासस

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया