• ८ असोज २०८३, बिहीबार
  • ४ः४० बेलुका

नेपाल बैँकका सञ्चालकमा शेयरधनीको प्रतिनिधित्व वृद्धि हुने

प्रकाशित मिति

२०७७ आश्विन १९ गते, सोमबार ०७:२५

नेपाल बैंक लिमिटेडको विशेष साधारणससभाले सञ्चालक समितिमा साविकको व्यवस्थामा परिवर्तन गरी शेयरधनीको
प्रतिनिधित्व बढाएको छ । भर्चुअलरुपमा आज गरिएको सभाले नेपाल सरकारबाट मनोनयन हुने चार सञ्चालकबाट
घटाई तीन र सर्वसाधारण शेयरधनीका तर्फबाट निर्वाचित हुने दुईबाट वृद्धि गरी तीन कायम गर्ने व्यवस्था पारित गरेको छ ।

National Life

नियमावलीको सम्बन्धित दफामा संशोधन गर्नाका साथै बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बमोजिम हुने
गरी प्रबन्धपत्र तथा नियमावलीलाई समयानुकूल अद्यावधिक गर्न प्रबन्धपत्र तथा नियमावलीका अन्य व्यवस्थामा संशोधन÷थपघट गर्ने प्रस्ताव सभाबाट पारित भएको बैकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिनुभयो ।
रासस

प्रतिकृया