• ७ असोज २०८३, बुधबार
  • ७ः१३ बिहान

संसद भवन निर्माणले गति लियो, दुई वर्षमा सक्ने लक्ष्य

प्रकाशित मिति

२०७७ आश्विन १९ गते, सोमबार ०७:१७

काठमाडौं, सिंहदरबारभित्रको पुतली बगैचामा प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असोज १ गते शिलान्यास गरेको राष्ट्रिय सभा तथा संघीय संसद् भवनको निर्माण कार्य धमाधम भैरहेको छ ।

National Life

विशेष भवन निर्माण आयोजनाका प्रमुख दिलिप भण्डारीका अनुसार भवन निर्माणको काम १० प्रतिशत सम्पन्न भएको हो । उनले कोभिडका कारणले निर्माण सामाग्रीको सहज उपलब्धता हुन नसक्दा सोचेको जस्तो प्रगति हात पार्न नसकेको बताए ।

तीन बर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सो भवननको निर्माणमा त्यस्तो समस्या नआएमा तोकिएकै समयमा सम्पन्न हुने उनले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

विशेष भवन निर्माण आयोजनाका प्रमुख भण्डारीका अनुसार उक्त भवन निर्माणको लागत सात अर्ब ७३ करोड ५२ लाख चार हजार रुपैयाँ अनुमान गरिएको छ । तर निर्माण कम्पनी टुण्डी सेक ज्वाइन्ट भेन्चरले पाँच अर्ब ६७ करोड २७ लाख ६१ हजारमा निर्माण कबुलेर निर्माणको काम गरिरहेको छ ।

निर्माण सुरु गरेको तीन बर्षमा वर्षमा भवन तयार हुने मन्त्रालयको भनाइ छ । मन्त्रालयले तयार पारेको डिजाइन अनुसार तोकिएकै समयमा संसद भवन निर्माण भए अहिलेकै संसदका साथै आगामी निर्वाचन भएर बन्ने अर्को प्रतिनिधि तथा राष्ट्रिय सभाका लागि भाडामा खर्च गर्नुपर्ने रकम जोगाउने गरि निर्माणको कार्य भैरहेको उनको भनाई छ ।

सिंहदरबार भित्रै भएको प्रतिनिधिसभा भवन पुरानो र सानो भएपछि लामो समयदेखि संसद बैठक बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भाडामा बस्दै आइरहेको छ । २०६४ साल चैतमा सम्पन्न पहिलो संविधानसभाको निर्वाचनदेखि नै संसद बैठक सम्मेलन केन्द्रमा सञ्चालन गरिएको छ ।

प्रतिनिधि सभाको ग्राउण्ड फ्र्लोरको काम भैरहेको भण्डारीले बताए । राष्ट्रियसभाको भवनको ग्राउण्ड फ्र्लोरको काम भईरहेको छ । संसदीय समितिको भवन र सचिवालयको भवनका ढलान कार्य भैरहेको भण्डारीले जानकारी दिए ।

संसदीय दलका कार्यालयहरु, सेक्युरिटीको भवनको काम तत्कालै सुरु गरिने उनले बताए । अर्को निर्वाचनवाट विजयी हुने सांसदहरु भवनमै सार्ने तरिकाले काम भैरहेको उनको भनाई छ । निर्माण कम्पनीले छिटोभन्दा छिटो काम सम्पन्न गर्ने गरि काम गरिरहेको छ ।

कोभिडको समयमा कामदार र निर्माण सामाग्री समेत रोकिएपछि समस्या भयो तर सामान रोकिएन र नियमित रुपमा काम भयो भने तोकिएको समयमा काम सकिने उनको भनाई छ ।
गोरखापत्र दैनिकबाट साभार

प्रतिकृया