• ७ असोज २०८३, बुधबार
  • ७ः४४ बिहान

प्रधानमन्त्री कार्यालयद्वारा राष्ट्रिय गौरवका आयोजनाप्रति चासो

प्रकाशित मिति

२०७७ आश्विन १७ गते, शनिबार ०७:१०

काठमाडौं, करिब एक दशकदेखि सुरु भएको राष्ट्रिय गौरवका आयोजनाहरूको लक्षित प्रगति नभएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ती आयोजनाहरूप्रति चासो देखाएको छ ।

National Life

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गौरवका आयोजनाका प्रमुखहरूलाई पालैपालो बोलाएर कामलाई निरन्तरता दिन र समयमै सक्न निर्देशन दिएको हो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालयमा जडान गरिएको ‘एक्सन रुम’ बाट गौरवका आयोजनाहरूको पटक–पटक अनुगमन तथा समयमा काम सक्न निर्देशन दिँदै आएका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोजनाहरूको अहिलेसम्मको कार्य प्रगति तथा के कति कारणले आयोजनाहरू लक्ष्यअनुरूप अगाडि बढ्न सकेनन् लगायतका विषयमा आयोजनाका प्रमुखहरूसँग चरणबद्ध छलफल सुरु गरेको प्रधानमन्त्री विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलियाले जानकारी दिए। असोज १३ गतेदेखि सुरु गरिएको छलफलमा आयोजना प्रमुखहरूले आयोजनाबारे विस्तृत् प्रस्तुति गर्ने गरेका छन् । छलफल कार्यक्रम यही असोज १९ गतेसम्म जारी रहनेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रधानमन्त्री ओलीको निर्देशनमा सुरु गरिएको यो छलफलले गौरवका आयोजनाहरूलाई अगाडि बढ्न थप मद्दत पुग्ने विश्वास गरिएको थपलियाले बताए। माथिल्लो तामाकोसी जलविद्युत् आयोजना, बूढीगण्डकी जलविद्युत् आयोजना, विद्युत् प्रसारण आयोजना, सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना, महाकाली सिँचाइ आयोजनाका प्रमुखहरूसँग छलफल सम्पन्न भइसकेको छ ।

त्यसैगरीे सिक्टा सिँचाइ आयोजना, रानीजमरा कुलरिया सिँचाइ आयोजना, बबई सिँचाइ आयोजना, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना, पश्चिम सेती जलविद्युत् आयोजना, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, पशुपति क्षेत्र विकास कोष, लुम्बिनी विकास कोषका प्रमुखहरूसँग छलफल गरी आयोजनाहरूको कार्य प्रगति र समस्या पहिचानबारे छलफल गरिएको हो ।
गोरखापत्र दैनिकबाट साभार

प्रतिकृया