• ८ असोज २०८३, बिहीबार
  • १२ः०७ दिउँसो

नेपालमा दिनहुँ कोरोना सङ्क्रमण बढ्यो

प्रकाशित मिति

२०७७ आश्विन १६ गते, शुक्रबार ०७:३४

काठमाडौँ, नेपालमा दिनहुँ कोरोना सङ्क्रमितको सङ्ख्या निरन्तर बढिरहेको छ । बिहीबार मात्र नेपालमा एक हजार ९११ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । बुधबार एक हजार ५५९ जना सङ्क्रमित भएका थिए ।

National Life

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा १२ हजार ४४४ जनाको पीसीआर परीक्षण गर्दा थप एक हजार ९११ जनामा कोरोना पुष्टि भएको जानकारी दिए । यस्तै काठमाडौँ उपत्यकामा थप ९४३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा ८१७, भक्तपुरमा ५८ र ललितपुरमा ६८ जनामा कोरोना सङ्क्रमण देखिएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा सरोज ढुुङ्गेलले लेखेका छन् ।

प्रतिकृया