• ४ साउन २०८३, सोमबार
  • ९:२० बेलुका

रेलले नयाँ आशा जगायो

प्रकाशित मिति

२०७७ आश्विन १६ गते, शुक्रबार ०७:२१

जनकपुरधाम, कुनै बेला जनकपुर आर्थिक राजधानीको रूपमा थियो। देशकै सबैभन्दा बढी राजस्व बुझाउने जनकपुर चुरोट कारखाना र नेपालको एक मात्र जनकपुर–जयनगर रेलसेवाले यहाँको अर्थतन्त्रलाई सम्हालेको थियो। जनकपुर–जयनगर रेलसेवा सञ्चालन हुँदाको बखत यहाँका स्थानीय उद्योगी व्यवसायीको दबदबा थियो। तर, यी दुवै धरोहर बन्द भएपछि यहाँ व्यापार–व्यवसाय खस्किँदै गयो।

रेलसेवा सञ्चालनले यहाँको व्यवसाय बढ्नेमा व्यापारी आशावादी देखिन्छन्। भारतको जयनगरबाट धनुषाको जनकपुरसम्म चल्ने रेलसेवा पुनः व्यापार–व्यवसायको प्रमुख करिडोर बन्नेमा आफूहरू आशावादी रहेको कपडा व्यापारी अमित पाठक बताउँछन्। अहिले भारतबाट किनेर नेपालसम्म ल्याउँदा ढुवानी महँगो हुने तथा यहाँसम्म आइपुग्न महिनौं लाग्ने समस्याबाट छुटकारा मिल्ने उनको कथन छ।

Kamana Sewa

ठप्प भएको व्यापार व्यवसायमा रेलले नयाँ आशा जगाएको छ। ‘हाम्रो चौपट भएको व्यापारमा रेलले पुनः हाम्रो दिन फर्किने आशा जगाएको छ’, अमित पाठक भन्छन्, ‘यहाँबाट धेरै उद्योगी–व्यापारी व्यापार–व्यवसायमा उभो नलागेपछि भारत पलायन भए, हामी जेनतेन धानीरहेका छौंं, रेलले मालसमान ढुवानी ५० प्रतिशत सस्तो र सुलभ हुने भएपछि व्यापार फस्टाउने आशा छ’, उनले भने।

Classic Tech Desktop

व्यवसाय खस्किँदै र भाडादर महँगो हुँदै गएपछि ऋणको दबाब थेग्न नसकेर उद्योगी–व्यवसायी पलायन हुन बाध्य भएको उद्योग वाणिज्य संघ प्रदेश २ का अध्यक्ष शिवशंकर साह (हिरा) बताउँछन्। ‘रेल आएपछि व्यवसायीमा आशा जागेको छ, यसले जनकपुरमा किनमेल गर्न आउनेको संख्यामा वृद्धि हुनेछ। रेलमार्गबाट मालसमान ढुवानी र भारतीय मानिसको चाप बढ्ने हुँदा व्यापार–व्यवसाय फस्टाउनेमा म आशावादी छु’, उनले भने। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा गोविन्द महतोले लेखेका छन् ।

प्रतिकृया