• ७ असोज २०८३, बुधबार
  • ७ः४४ बिहान

यो वर्षको मनसुन लम्बिन सक्ने, तीन दिनमा १७ जनाको मृत्यु

प्रकाशित मिति

२०७७ आश्विन ११ गते, आईतवार ०७:१७

काठमाडौं, हरेक बर्ष नेपालमा कम्तीमा एक सयदेखि १२० दिनसम्म मनसुन सक्रिय हुन्छ । कुनै बर्ष ढिला गरि मनसुन सक्रिय हुन्छ भने केही बर्ष समयमै मनसुन सक्रिय हुने गर्दछ । सामान्यतया जुन १० देखि मनसुन सक्रिय हुने गर्दछ भने अक्टोबरको १२ सम्ममा मनसुन सकिन्छ । यो बर्ष समयमै जुन १२ मा नेपालमा मनसुन भित्रिएको थियो । समयमै मनसुन भित्रिएसँगै सामान्यनै बर्षा हुने धेरैको आंकलन थियो । तर यो बर्षको मनसुन विगतमा भन्दा धेरै सक्रिय देखिएको छ । अघिल्लो बर्ष अक्टोबर १२ मा मनसुन सकिएको थियो । यो बर्ष सोही हाराहारीमा मनसुन सकिने अपेक्षा गरिएको थियो । तर असोज ६ गतेदेखिको अविरल बर्षासँगै मनसुन केही बढ्न सक्ने आंकलन गरिएको छ ।

National Life

असोज ६ बाट देशका विभिन्न ठाउँमा निरन्तर भइरहेको वर्षाका कारण फेरि विपद्जन्य घटना बढ्न थालेको छ । निरन्तरको वर्षाका कारण विपद्जन्य घटनाबाट तीन दिनमा १७ जनाको मृत्यु भएको छ भने १५ जनाभन्दा बढी बेपत्ता भएका छन् । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार ६, ७ ,८ र ९ असोजमा पहिरो, बाढी जस्ता प्राकृतिक विपद्का घटनाबाट १८ जनाको मृत्यु भएको हो । केही वेपत्ता भएका छन् ।

यी चार दिनमा सबैभन्दा बढी बिहीबार मात्रै १४ जनाले ज्यान गुमाएका थिए । राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख मुरारी वस्तीका अनुसार बिहीबार मात्रै बाढी र पहिरामा परी १४ जनाको ज्यान गएको हो । उहाँका अनुसार यो बर्ष यसपटक ९० प्रतिशत क्षति पहिरोबाट भएको छ ।
पूूर्व पश्चिम राजमार्ग अन्तरगत बिनयी त्रिवेणी गाउँपालिका दुई दाउन्नेको बिश्वकर्मा मन्दिर नजिकै बिहिबार बेलुकी माथिबाट खसेको पहिरोसँगै बस भिरबाट तल खस्दा एक जनाको मृत्यु भएको छ । ६ जना घाईते भएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

मृत्यु हुनेमा रुकुम पश्चिम आठबिसकोट गाउँपाकिला १० बस्ने २५ वर्षको हरिषचन्द्र केसीको गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो । बसमा १८ जना सवार रहेका थिए । प्रहरी र स्थानीयको टोलीले उद्धार गरि घाईते सातजनालाई पुरानो मेडिकल कलेज लगिएको थियो । घाईतेमध्ये एक जनाको मृत्यु भएको हो । बसमा सवार अन्य ११ जनाको अवस्था सामान्य छ ।

सयौं ठाउँमा अवरोध हटाएर सडक खुले
यो बर्षको मनसुन सकिनै लागेको छ । मनसुन सकिन लागेको समयमा यो झनै सक्रिय बन्दा यसले भौतिक तथा मानविय क्षति समेत गरेको छ । एक सातादेखिको भारी वर्षासँगैको बाढी र पहिरोले देशभरमा सडकमा निक्कै क्षति पारेको सडक विभागले जनाएको छ । सडक विभागका अनुसार राष्ट्रिय राजमार्गमा मात्रै एक दर्जनभन्दा धेरै स्थानमा पहिरोले असर पारेको छ ।

शुक्रबार बिहानसम्म देशभरका २० वटाभन्दा धेरै राष्ट्रिय राजमार्ग पहिरोले अवरोध पारेको छ । मंगलबार, बुधबार र बिहीबारसँगै शुक्रबारसमेत भैरहेको बर्षाको कारण देशभरमा एक सयभन्दा धेरै स्थानमा भएको अवरोध हटाएर एकतर्फी तथा दुईतर्फी रुपमा सडक खुल्ला गरिएको सडक विभागले जनाएको छ ।
गोरखापत्र दैनिकबाट साभार

प्रतिकृया