• १८:१५ २०८० चैत्र १५ गते
  • 6:15 pm

महिला क्रिकेटर उत्साहित

प्रकाशित मिति

२०७७ आश्विन ८ गते, बिहीबार ०४:२६

cricket e1600944056208

काठमाडौं । गत मंगलबार बसेको नेपाल क्रिकेट संघको बोर्ड बैठकले महिला क्रिकेटरलाई ग्रेडिङ गरेर पारिश्रमिक निर्धारण गरेको छ । तीन श्रेणीमा ग्रेडिङ गर्दा १९ महिला खेलाडी समावेश भएsf 5g\ । पुरुष क्रिकेटरलाई भने यसअघि ग्रेडिङ गरेर पारिश्रमिक प्रदान गर्दै आएको संघको निर्णयबाट महिला क्रिकेटरले सुरुआत राम्रो भएको प्रतिक्रिया दिएका छन् ।

भदौ दोस्रो सातालाई तय भएको क्यानको बोर्ड बैठक कोरोनाका कारण स्थगित भएको झन्डै बीस दिनपछि मंगलबार चितवनमा सम्पन्न भPsf] xf] । महिला क्रिकेटरलाई अगामी दिन अझै व्यवसायिक र महिला क्रिकेटको अभिबृद्धिका लागि महिला खेलाडिलाई तलब सुविधा दिने लगायतका निर्णय भएको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए ।

प्रतिकृया