• ३० भदौ २०८३, मंगलबार
  • २ः०७ दिउँसो

फेवातालको सुन्दरता जोगाउन युवाको चासो

प्रकाशित मिति

२०७७ आश्विन ६ गते, मंगलवार ०६:१४

पोखरा, युवाको सक्रियतामा शुरु भएको फेवाताल सफाइ अभियानले सय दिन पुरा गरेको छ । प्रोजेक्ट नेचर नेपालद्धारा शुरु गरिएको फेवाताल सफाइ अभियानले सय दिन पुरा गरेको अवसरमा फेवाताल सरोकारवाला, अभियान र आगामी योजनाको बारेमा जानकारी गराएको छ ।
लेकसाइड र आसपासका १८ युवाको सक्रियतामा फेवाताल सफाइ अभियान शुरु गरिएको थियो । फेवातालको खपौदीदेखि बाराहीघाट, गौरीघाटसम्म सफाइ गरेर करीब २७ सय बोरा फोहोर सङ्कलन गरिएको अभियानका सदस्य विशालजंग थापाले जानकारी दिनुभयो । “हामीले १९ डिसेम्बर २०१९ बाट प्रकृति संरक्षणको लागि तीन युवाले मेची महाकाली, कोरला वीरगञ्जको साइकल यात्रा गरेका थियौ, त्यस लगत्तै फेवाताल सफाइ अभियानमा जुटेका हौ, अहिले हाम्रो १८ जना युथको सक्रियता रहेको छ ”

National Life

थापाले अभियानको उद्देश्य प्रकृती संरक्षण, युवा सक्रियता र जनचेतना रहेको जानकारी दिनुभयो । पर्यटन व्यवसायी गणेश भट्टराईले वातावरण फोहोर भए मानसिकतानै फोहोर हुने भएकाले स्वच्छ वातावरणका लागि हरेक नागरिक सचेत हुनुपर्नेमा जोड दिनुभयो । पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जिवी पोखरेलले फेवाताल र यस आसपासका प्राकृतिक सम्पदाको सुन्दरतालाई जोगाउनु सबै पोखरेलीको साझा दायित्व भएकाले सबैले आआफ्नो ठाउँबाट सहयोगमा जुट्नु पर्ने धारणा राख्नुभयो ।

नागरिक समाज पोखराका संयोजक विष्णुहरी अधिकारीले सरसफाइ संस्कारको विकास हुन नसक्दा फोहोरको व्यवस्थापन हुन नसकेको बताउनुभयो । रेवान पोखरका अध्यक्ष भिमसेन भुजेलले युवाको सक्रियताले देशको मुहार फेर्न सक्ने भन्दै फेवाताल स्वच्छता प्रति देखाएको चासो अनुकरणीय भएकाले सबैले साथ दिनुपर्नेमा जोड दिनुभयो । पोखरा महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष जगत पहारीले फेवातालको सफाइका लागि छुट्टै समिति बनाएर यसको सौन्दर्यकरणका लागि वडाले विशेष कार्ययोजना बनाएको जानकारी दिनुभयो ।
रासस

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया