• ७ असोज २०८३, बुधबार
  • ५ः२३ बिहान

सरकारले घोषणा नै नगरी क्षेत्रफलसहितको पाठ्यपुस्तक तयार भएपछि नेपालको क्षेत्रफलमा विवाद

प्रकाशित मिति

२०७७ भाद्र ३१ गते, बुधबार ०७:४०

काठमाडौं, सरकारले लिम्पियाधुरासम्म समेटेर नयाँ नक्सा जारी गरे पनि नेपालको क्षेत्रफल कति हो भनेर घोषणा गरेको छैन। तर, शिक्षा मन्त्रालयअन्तर्गत पाठ्यक्रम विकास केन्द्रले देशको क्षेत्रफलसहितको पाठ्यपुस्तक तयार गरी सार्वजनिक गरेको छ। यसले नेपालको क्षेत्र कति हो भनेर विवाद निम्त्याएको छ।

National Life

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मंगलबार ‘नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ सार्वजनिक गरेका हुन्। त्यसमा नेपालको कुल क्षेत्रफल १,४७,६४१।२८ वर्ग किलोमिटर रहेको उल्लेख छ। ‘नेपालको पश्चिमोत्तर क्षेत्रको लिपुलेक र कालापानीको बीचमा रहेको लिपु भन्ज्याङलाई समेटेर लिम्पियाधुरा–लिपुलेक क्षेत्रको करिब ४६०।२८ वर्ग किमि भूभाग समावेश नहुँदा नेपालको क्षेत्रफल १,४७,१८१ वर्ग किलोमिटर मात्र हुन्छ’, पुस्तकमा छ, ‘हाल नेपालको पूर्व–पश्चिम लम्बाइ विशाल नेपालको १,४१५ किलोमिटरबाट घटेर करिब ८८५ किलोमिटर रहेको छ र उत्तर–दक्षिण चौडाइ १९३ किलोमिटर रहेको छ। कालापानी क्षेत्रको ८१।३२ वर्ग किलोमिटर र लिम्पियाधुरासम्मको करिब ४६०।२९ वर्ग किलोमिटर गरी जम्मा ५४१।६ अर्थात् करिब ५४२ वर्ग किलोमिटर क्षेत्र भारतद्वारा अतिक्रमित रहेको छ।’

पुस्तकका लेखक कोमलचन्द्र बरालले नापी विभागद्वारा जारी आधिकारिक नक्साकै आधारमा क्षेत्रफल निकालिएको बताए। सीमा बचाऔं अभियानका सदस्य बराल, भूगोलविद् एवम् कार्टोग्राफर शेरबहादुर गुरुङ र भूगोलविद् केशवराज ढकालसहितको कार्यदलबाट र संयोजनमा केन्द्रका निर्देशक प्रेम भट्टराईले पुस्तक लेखेका हुन्। नक्सा प्रकाशन गर्ने आधिकारिक निकायले देशको कुल क्षेत्रफलजस्तो संवेदनशील विषयमा घोषणा नगर्दै पाठ्यपुस्तकमा राख्नु गलत भएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मन्त्रालयका सचिव टेकनारायण पाण्डेले बताए।
अन्नपूर्ण पोस्ट् दैनिकबाट साभार

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया