• ९ असोज २०८३, शुक्रबार
  • ८ः१९ राती

कुलमानको कार्यकाल सकियो, उपकार्यकारी निर्देशकहरू प्रतिस्पर्धामा

प्रकाशित मिति

२०७७ भाद्र २९ गते, सोमबार ०५:२८

काठमाडौ, नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका कुलमान घिसिङको कार्यकाल सकिएको छ । चार वर्ष अघि २९ भदौमा नियुक्त भएका घिसिङको कार्यकाल आइतबारदेखि सकिएको हो । जनतामाझ लोकप्रिय बनेका घिसिङलाई नै निरन्तरताका लागि जनदबाब बढे पनि आइतबारसम्म सरकारले उनलाई दोहो¥याउने वा अर्कै व्यक्तिलाई नियुक्त गर्ने भन्ने बारेमा कुनै निर्णय गरेको छैन ।

National Life

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको कार्यकाल सकिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेश घिमिरेले जानकारी दिएका हुन । उनका अनुसार नयाँ प्रक्रिया अनुसार कार्यकारी निर्देशक छनोट हुने भए पनि हालसम्म कसैलाई प्राधिकरणको निमित्त दिइएको छैन र सोमबार (आज) मन्त्रालयले आवश्यकता अनुसार तोक्नेछ ।

सोमबारदेखि प्राधिकरणको नेतृत्व खाली भएकोले कसैलाई निमित्त दिनुपर्ने भए पनि आइतबार साँझसम्म दिइएको छैन । मन्त्रालयले भने सोमबार बिहान निमित्त दिने तयारी गरेको छ । निमित्तका लागि प्राधिकरणका उपकार्यकारी निर्देशकहरू पहिलो नम्बरमा रहेका हितेन्द्रदेव शाक्य, दोस्रो नम्बरमा रहेका लेखनाथ कोइराला र तेस्रो नम्बरमा रहेका हरराज न्यौपाने प्रतिस्पर्धामा छन् । सोमबार बस्ने मन्त्रिपरिषद्ले कुलमान घिसिङलाई नै पुनः नियुक्ति गर्ने चर्चा चलेपनि आइतबारसम्म भने यसबारे मन्त्रालयबाट कुनै प्रस्ताव गइसकेको छैन ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया