• ७ असोज २०८३, बुधबार
  • ५ः२३ बिहान

कक्षा १२ को परीक्षा, विद्यार्थी खोज्दै परीक्षा बोर्ड

प्रकाशित मिति

२०७७ भाद्र २८ गते, आईतवार ०६:५५

काठमाडौँ, कक्षा १२ मा अध्ययनरत विद्यार्थीले आफू बसोबास गर्ने सबैभन्दा नजिकैको विद्यालयबाट परीक्षा दिन पाउने भएका छन् । कोरोना भाइरसको सङ्क्रमणका कारण गत वैशाख महिनामा स्थगित कक्षा १२ को परीक्षा सञ्चालन गर्ने क्रममा सबैभन्दा उत्तम विकल्पका रूपमा विद्यार्थीलाई पायक पर्ने नजिकैको विद्यालयबाट परीक्षा दिने गरी तयारी थालिएको हो । कोरोनाका कारण आफूू अध्ययन गरेको सहर बजारका विद्यालयबाट विद्यार्थी गाउँघर पुुगेकोले घर पायकको विकल्प पनि सोच्न लागिएको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा।डा। चन्द्रमणि पौडेलले कक्षा १२ को स्थगित परीक्षा सञ्चालनका लागि एउटा राम्रो विकल्पका रूपमा यो मोडललाई समेत हेरिएकाले विद्यार्थीको विवरण लिन सुरु गरिएको जानकारी दिनुभयो ।

National Life

विद्यार्थी खोज्न थालियो
बोर्डले कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुन परीक्षा फाराम भरेका विद्यार्थीमध्ये के कति विद्यार्थी महामारीका कारण हाल आफू अध्ययन गरेको विद्यालय रहेको ठाउँ जिल्ला भन्दा फरक जिल्ला या स्थानमा बसोबास गरिरहेका छन् भन्ने विवरण बोर्डले सङ्कलन गर्दैछ । सरकारले तत्काल परीक्षा सञ्चालनका लागि अनुमति दिएको अवस्थामा यस खालको तयारी गर्न समयले नपुग्ने भएकोले अहिलेदेखि नै गृहकार्यमा लागिएको बोर्डका अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

यसबाट कुन विद्यार्थी कुन जिल्ला, नगर या वडामा बसोबास गरेको छ भन्नेसम्मको कुरा पत्ता लाग्ने र परीक्षा लिन सहज हुने जनाइएको छ । परीक्षाको उत्तरपुस्तिका, प्रश्नपत्र, परीक्षा केन्द्रको छनोट लगायतको प्रबन्धका लागि पनि विद्यार्थीको वास्तविक अवस्था पत्ता लगाउनुपर्ने अवस्था रहेको जनाइएको छ । यस विषयको जानकारी बोर्डका प्रदेश कार्यालयलाई गराउन विद्यालयल९ाई आग्रह गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

कक्षा १२ सम्म सञ्चालन भएको विद्यालय भए विद्यार्थीले आफूू बसोबास गरेको नजिकैको विद्यालयबाट उक्त परीक्षा दिन पाउनेछन् । बोर्डले परीक्षाका विभिन्न विकल्पबाट कक्षा १२ को परीक्षा सञ्चालन गरिने स्पष्ट गर्दै त्यसका लागि सरकारसँग स्वीकृतिको समेत माग गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जुनसुकै तवरबाट स्वीकृति दिए पनि परीक्षा गर्न सक्ने बोर्डले आन्तरिक तयारी गरेको बोर्डका अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

चरणबद्ध परीक्षा
बोर्डले कक्षा १२ को स्थगित परीक्षा मुलुकमा कोरोना भाइरसको सङ्क्रमणका कारण ठाउँ अनुुसार चरणबद्ध रूपमा गर्न सकिने प्रस्ताव समेत अघि सारेको छ तर यस विषयमा सरकारले जस्तो खालको सहमति र स्वीकृति दिन्छ सोही अनुसार आफूहरू अगाडि बढ्ने अध्यक्ष पौडेलले बताउनुभयो । मुलुकका विभिन्न भागमा चरणबद्ध रूपमा परीक्षा लिन सकिने अवस्था भए पनि परीक्षा लिने तर नतिजा भने एकै पटक प्रकाशित गर्ने योजना बोर्डको छ । पटक–पटक नतिजा प्रकाशन गर्ने कार्य झन्झटिलो हुने भएकोले एकै पटक गर्नुपर्ने अवस्था रहेको जनाइएको छ ।
सरकारले परीक्षा सञ्चालनका लागि अनुमति दिएको अवस्थामा तीन साताको हाराहारीमा विद्यार्थीलाई समय दिएर कार्यतालिका सार्वजनिक गर्ने बोर्डको तयारी रहेको छ ।
गोरखापत्र दैनिकबाट साभार

प्रतिकृया