• ४ साउन २०८३, सोमबार
  • २:२१ बिहान

हवाइ भाडा बढाउने तयारी

प्रकाशित मिति

२०७७ भाद्र २४ गते, बुधबार ११:५७

काठमाडौं,संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक उडानका लागि विदेशीलाई लाग्दै आएको डलर फेयर हटाउने तयारी गरेको छ।

नेपालमा हाल नेपाली नागरिक र विदेशीका लागि छुट्टै भाडादर लागू हुँदै आएको छ। एयरलाइन्सहरूले विदेशीका लागि अमेरिकी डलरमा भाडा निर्धारण गर्छन् भने नेपालीका लागि नेपाली रुपैयाँमा।

Kamana Sewa

नेपालस्थित विदेशी नियोगहरूले नेपाल सरकारलाई भाडामा विभेद नगर्न आग्रह गर्दै आएका थिए। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुनेबित्तिकै योगेश भट्टराईले देशभित्र दुई थरी भाडा नरहने घोषणा गरेका थिए।

Classic Tech Desktop

डलर फेयर हटाएर नेपाली र विदेशी नागरिकलाई बराबर भाडादर लागू गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले मन्त्रालयमा सिफारिस गरिसकेको मन्त्रालयसम्बद्ध स्रोतले जानकारी दियो।

प्राधिकरणको सिफारिसमा पर्यटकीय गन्तव्यको डलर फेयर भने कायमै हुनुपर्ने उल्लेख छ। भाडासम्बन्धी निर्णय मन्त्रीस्तरिय निर्णयकै आधारमा हुने भए पनि मन्त्रिपरिषदबाट निर्णय गराउने तयारी मन्त्रालयले गरेको छ।

सरकारले डलर फेयर हटाउने घोषणा गरेपछि वायुसेवा सञ्चालक विरोधमा उत्रिएका थिए। उनीहरूको निरन्तरको विरोधपछि प्राधिकरणले भाडाका बारेमा अध्ययन गर्न एक कार्यदल बनाएको थियो। प्राधिकरणका उपमहानिर्देशक नरेन्द्र थापा संयोजकको नेतृत्वमा बनेको उक्त समितिले सुझावसहितको प्रतिवेदन प्राधिकरण महानिर्देशक राजन पोखरेललाई बुझाएको थियो।

सोही प्रतिवेदनले व्यवसायीको विरोध न्यून गर्न पर्यटकीय गन्तव्यमा डलर फेयर कायमै राख्ने र अन्य क्षेत्रमा भने भाडा केही समायोजन गरेर अघि बढ्नुपर्ने सुझाव दिएको छ। ‘भाडा बढाउने वा नबढाउने भन्ने कुरा राजनीतिक तहबाट निर्क्यौल होला। प्रतिवेदनले त प्राविधिक विश्लेषणमात्र गरेको हो। हवाइ भाडा बढ्दा हुने सार्वजनिक विरोधको सामना गर्न राजनीतिक नेतृत्वले यसमा आफ्नो निर्णय फरक लिनसक्छ,’ मन्त्रालयका एक अधिकारीले भने। पोखरा, भरतपुर, लुक्ला, सिमिकोट र माउन्टेन उडानमा भने डलर फेयर कायमै राख्ने प्राधिकरणको सिफारिस छ। डलर फेयर कायमै हुने ठाउँबाहेक अन्यत्रका लागि अहिलेको भाडा केही बढानेगरी मन्त्रालयमा छलफल भएको छ।

प्रतिकृया