• १६ असोज २०८३, शुक्रबार
  • १ः२८ राती

ललितपुरको पुल्चोकमा जबरजस्ती रथ तान्न खोजेपछि झडप, तस्बिरमा हेर्नुहोस्

प्रकाशित मिति

२०७७ भाद्र १८ गते, बिहीबार ०४:२०

काठमाडौं, ललितपुरको पुल्चोकमा रहेको रातो मच्छिन्द्र नाथको रथ हटाउने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको छ । स्थानीय प्रशासनको वेवास्ता गर्दै रथ तान्न खोजेपछि प्रहरी र स्थानीयबीच झडप भएको हो ।

National Life

निषेधाज्ञा तोडेर रथ तान्न थालेपछि झडप भएको महानगरीय प्रहरी परिसर ललितपुरको एसएसपी टेक प्रसाद राईले जानकारी दिए । प्रहरीले पानीको फोहोरा हान्दा समेत वेवास्ता गरेपछि लाठचार्ज गर्नुपरेको ललितपुर प्रहरीले जनाएको छ । कोभिड १९ का कारण सरकारले भेला भएर विभिन्न चाडपर्व मनाउन निषेध गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया