• ८ असोज २०८३, बिहीबार
  • ९ः५० बिहान

तयारीविना रेल मार्ग ठेक्कापट्टाको हतारो गर्नु अनुचितः नेता पौडेल

प्रकाशित मिति

२०७७ भाद्र १८ गते, बिहीबार ०६:११

काठमाडौँ, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काकडभिट्टा–इनरुवा रेल मार्ग निर्माणमा सार्वजनिक रुपमा विभिन्न विषयहरु बाहिर आएको बताउँदै खुला प्रतिस्पर्धाविना निश्चित ठेकदारलाई लाभ हुने गरी हचुवाका भरमा ठेक्का दिनु गलत भएको उल्लेख गर्नुभएको छ ।

National Life

उहाँले आज प्रेस विज्ञप्तिमार्फत परियोजना निर्माणस्थलको धरातल प्रष्ट नभइ सार्वजनिक खरिद ऐन को दफा ८, ९, १० र १५ तथा नियमावली ९६० विपरित रेलमार्ग निर्माणका लागि खुला प्रतिस्पर्धा विना निश्चित ठेकदारलाई दिनु गलत भएको बताउनुभएको हो ।

राष्ट्रिय ढुकुटीबाट रेलमार्ग निर्माणका नाममा ३५ अर्ब रुपैयाँ हचुवाका भरमा खर्च गर्नु अनुचित भएको बताउँदै नेता पौडेलले रेलमार्गमा पर्ने बजारको व्यवस्थापन र उक्त क्षेत्रमा जनताले उपभोग गर्दै आएको जग्गाको मुआब्जा वितरण समेत नगरी रेलमार्ग निर्माणको प्रक्रिया थाल्नु सर्वथा गलत भएको उल्लेख गर्नुभएको छ । नेता पौडेलले तत्काल रेलमार्गको ठेक्कापट्टा रोकेर त्यसबारे छानविन गर्न संसदीय लेखा समिति, विकास तथा प्रविधि समिति, नेपाल सरकार र अख्तियार दुरुपयोग अुनसन्धान आयोगलगायत सम्बद्ध न्यायिक निकायको ध्यानाकर्षण गराउनुभएको छ ।
रासस

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया