• ७ असोज २०८३, बुधबार
  • ३ः२४ दिउँसो

पुनः एक हप्ता लकडाउन थप्ने तयारी

प्रकाशित मिति

२०७७ भाद्र १६ गते, मंगलवार ०४:०८

काठमाण्डु, काठमाण्डु उपत्यकामा पुनः एक हप्ता लकडाउन थप्ने तयारी भएको छ । कोरोना भाइरसको संक्रमण बढिरहेकाले पुनः एक हप्ता लकडाउन थपेर आवश्यक तयारी गर्ने स्रोतले जानकारी दियो ।

National Life

ललितपुरका प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले बुधबार बस्ने बैठकले लकडाउनबारे निर्णय गर्ने जानकारी दिए । उनले कोरोना संक्रमित बढिरहेको अहिलेको अन्य विकल्प नभएकाले लकडाउन थप्न सकिने संकेत गरेका छन् । ‘सीसीएमसीको बैठक बुधबार बस्दैछ । उक्त बैठकले छलफल गरेर लकडाउन थप्ने/नथप्नेबारे निर्णय गर्छ’, सिडिओ भट्टले काठमाण्डुपाटीसँग कुरा गर्दै भने ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले लकडाउनले आर्थिक क्षेत्र ठप्प रहेकाले केही खुकुलो बनाउनुपर्ने आवाज उठे पनि संक्रमणको अवस्था हेर्दा उक्त सम्भावना नरहेको बताए । ‘लामो समयदेखिको लकडाउनले आर्थिक क्षेत्र ठप्प छ केही खुकुलो बनाउनुपर्छ भनेर माग भइरहेको छ । यस विषयमा गृह मन्त्रालय पछि छलफलमा नै छ’, काठमाण्डुपाटीसाग कुरा गर्दै प्रवक्ता बुढाले भने, ‘खुकुलो पार्दा संक्रमणको जोखिम बढ्ने भएकाले हामी आवश्यकता सर्तकतासहित काम गर्नुपर्ने हुन्छ ।’

Classic Tech Mobile
Classic Tech Desktop

गत भदौ २ गतेदेखि लगाइएको लकडाउन अझै जारी छ । कोरोना संक्रमितको संख्या बढिरहेकाले थप कडाइका साथ लकडाउन लगाइएको हो । दोस्रो चरणको बुधबार राति १२ बजेदेखि सकिँदैछ । बुधबार काठमाण्डु, भक्तपुर, ललितपुरका सिडिओ र सुरक्षा निकायका प्रमुख, स्वास्थ्यविज्ञसहिहतको बैठकले लकडाउनबारे थप निर्णय गर्नेछ ।

अत्यावश्यक सेवाका बाहेक सार्वजनिक सवारीसाधन समेत चलाउने बन्द गरिएको छ । खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता अत्यावश्यक सेवा सवारीलाई भने संचालनको अनुमति दिइएको छ ।

प्रतिकृया