• २४ भदौ २०८३, बुधबार
  • ५ः११ बेलुका

फेरि भारत र चीनका सैनिकबीच लद्दाखमा झडप

प्रकाशित मिति

२०७७ भाद्र १५ गते, सोमबार ०१:२७

एजेन्सी,नयाँ दिल्लीः केही महिनादेखि तनावपूर्ण सम्बन्ध रहेका भारत र चीनका सैनिक लद्दाखमा फेरि आमनेसामने भएका छन्।

National Life

भारतीय सेनाले चिनियाँ जनमुक्ति सेनाले शनिबार र आइतबार राति पूर्वी लद्दाखको प्याङगोङ सो ताल क्षेत्रमा पूर्वसहमति भएको सीमा क्षेत्र पार गरेको बताएको छ।आइतबार विज्ञप्ति जारी गर्दै भारतीय सेनाका कर्नेल आमन आनन्दले भनेका छन्,ुअगस्ट २९ र ३० को राति चिनियाँ जनमुक्ति सेनाले पहिलाको सहमति अनुसारको यथास्थितिलाई परिवर्तन गर्न सैन्य उक्साहट गरेको थियो। जसलाई भारतीय सेनाले रोकेको छ।ु

उनले चिनियाँ पक्षले उक्त क्षेत्रमा एकपक्षीय रूपमा तथ्यहरू परिवर्तन गर्न खोजेको पनि आरोप लगाएका छन्।गत जुनमा लद्दाखको गल्वान उपत्यकामा दुई देशका सैनिकबीच भएको झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

उक्त घटनापछि दुई आणवीक शक्ति राष्ट्रहरूले विवादलाई थप अघि नबढाउन के गर्छन् भन्ने विश्वव्यापी चासो बनेको थियो।चीन र भारत दुबैले अहिले सैनिक र कूटनीतिक माध्यमबाट विवाद समाधानका लागि वार्ता गरिरहेका छन्। सँगसँगै उनीहरूले विवादित क्षेत्रमा सैन्य जनशक्ति र स्रोतसाधन पनि थपिरहेका छन्। यही बीचमा शनिबार र आइतबार रातिका झडप भएका हुन्।

भारतीय सञ्चारमाध्यमहरूले सन् १९९९ को कार्गिल युद्धपछि पहिलो पटक लद्दाखमा चिनियाँ सैनिकसँग तनाव तीव्र भएको बताएका छन्।

पछिल्ला दिनमा पूर्वी लद्दाखको लाइन अफ कन्ट्रोलनजिकै चीनले थप ५ हजार फौज उतारेको उनीहरूको दाबी छ।चीन र भारतबीच ४ हजार किलोमिटरभन्दा बढी सीमा जोडिएको छ। तीमध्ये कतिपय ठाउँमा अहिले पनि सीमा एकिन भएको छैन। लाइन अफ कन्ट्रोल कुन हो भन्ने एकिन नहुँदा सीमामा तैनाथ दुबै देशका सेनाहरूबीच धकेलाधकेल भइरहन्छ।

पछिल्लो समय सीमामा खटिने दुबै देशका सैनिकहरूसँग हतियार नहुने भएकाले उनीहरूको विवादमा गोली हानाहान भने हुँदैन।

तीन वर्षअघि चीन,भारत र भुटानको सीमामा पर्ने दोक्लम क्षेत्रमा दुई देशका सैनिक आमनेसामने भएका थिए। दोक्लम क्षेत्रमा चीनले बाटो बनाएपछि भारतले रोक्न खोजेको थियो।दोक्लम तनाव ७३ दिनसम्म चलेको थियो।

प्रतिकृया