• ७ असोज २०८३, बुधबार
  • ५ः२६ बिहान

एसईईमा नम्बर कम दिएको भन्दै शिक्षकमाथी आइतबार कुटपिट

प्रकाशित मिति

२०७७ भाद्र १५ गते, सोमबार ०८:५८

सिन्धुली, एसईई रिजल्टमा नम्बर कम दिएको भन्दै यहाँको एक सामुदायिक विद्यालयका विद्यार्थीहरुले प्रधानध्यापक र शिक्षकलाई आइतबार कुटपिट गरेका छन् । सिन्धुलीको सुनकोसी गाउँपालिका–७ मझुवामा रहेको गणेश माविका विद्यार्थीहरुले एसईईमा नम्बर कम दिएकाले रिजल्ट नराम्रो आएको भन्दै प्रधानाध्यापक नेत्रबहादुर सुनुवार र अंग्रेजी शिक्षक चित्रबहादुर भण्डारीलाई कुटपिट गरेका हुन् ।

National Life

शिक्षकले नम्बर कम दिएका कारण माथिल्लो शिक्षा लिन बञ्चित हुने भन्दै एक्कासि प्रधानाध्यापक सुनुवार र शिक्षक भण्डारीलाई विद्यार्थीले कुटेको शिक्षक झलक दाहालले बताए । तीनजना छात्रहरुले सरासर कार्यालय कोठामा आएर पहिला हेडसरलाई मुखमा हिर्काएको र अर्का शिक्षकलाई लछारपछार पारि कुटपिट गएको उनको भनाइ छ ।

विद्यार्थीहरुको कुटपिटबाट प्रधानाध्यापक सुनुवारको मुखमा गम्भीर चोट लागेको छ । मुक्का प्रहार गरेकाले प्रधानाध्पाक सुनुवारको नाथ्री फुटेर रगत बगेको र ओठसमेत काटेको छ भने अर्का शिक्षक भण्डारीको जिउमा निलडाम छ ।

Classic Tech Mobile
Classic Tech Desktop

रिजल्ट सी आएपनि विज्ञान विषयबाहेक अन्य पढ्न पाइने भन्दाभन्दै कुरै नसुनी कुटपिट गरेको शिक्षकहरुको भनार्इ ।
कान्तिपुर दैनिकबाट साभार

प्रतिकृया