• ९ असोज २०८३, शुक्रबार
  • २ः३० राती

काठमाडौं संक्रमणको उच्च जोखिममा, संक्रमित बढेको बढ्यै

प्रकाशित मिति

२०७७ भाद्र ११ गते, बिहीबार ०८:१४

काठमाडौं, देशको संघीय राजधानी काठमाडौंमा बुधबार मात्रै २ सय ३० जना कोरोना संक्रमित थपिएका छन्। केही सातायता औसतमा सयभन्दा माथि संक्रमित थपिने क्रम जारी छ। यहाँ संक्रमितको संख्या ३ हजार १ सय ८५ पुगेको छ।

National Life

११ स्थानीय तहमध्ये काठमाडौं महानगरपालिका, कीर्तिपुर, चन्द्रागिरि नगरपालिका बढी प्रभावित देखिएका छन्। अन्य तहमा पनि कोरोना भने फैलिएकै अवस्था छ। सरकार र नागरिक दुवैका कमजोरीले काठमाडौं संक्रमणको उच्च जोखिममा गएको विज्ञ बताउँछन्।

शुक्रराज सरुवा रोग तथा ट्रपिकल अस्पतालका डा। शेरबहादुर पुनले लकडाउन खुलेसँगै बाहिरी जिल्लाबाट आउने व्यक्तिको परीक्षण र व्यवस्थापन गर्न नसक्नु मुख्य कारण भएको बताए। ‘लकडाउन खुसेसँगै बाहिरी जिल्लाबाट काठमाडौं आउने बढे’, डा। पुनले भने, ‘जुन बेला ९९ प्रतिशतमा लक्षण देखिएको थिएन। लक्षण नभएकाहरू गाइडलाइनअनुसार क्वारेन्टाइनमा बसेनन्। उनीहरू समुदायमा काम गर्ने व्यक्ति थिए। बिनापरीक्षण काममा गए। यसबाट पनि एक प्रकार जोखिम बढ्यो।’

Classic Tech Mobile
Classic Tech Desktop

बाहिरी देशबाट आएकालाई सरकारले क्वारेन्टाइनमा राख्यो। परीक्षण ग¥यो। तर, बाहिरी जिल्लाबाट आउनेलाई भने काठमाडौंमा क्वारेन्टाइनमा राखिएन। उनीहरूको परीक्षण पनि गरिएन।

सरकारले लकडाउनको समयको सदुपयोग गर्न नसक्नु अर्को समस्या भएको उनले बताए। ‘लकडाउनको समयमा आवश्यक तयारी गर्नुपथ्र्यो’, उनले भने, ‘सरकारले रणनीति बनाउनुपथ्र्यो त्यो काम भएन। पुरानै तरिकामा चल्यो।’

लकडाउन खुलेसँगै काठमाडौं उपत्यकामा सार्वजनिक सवारी चले। व्यापार व्यवसाय पनि चलाउन थालियो। मजदुरहरू काममा लागे। तर कोरोनाका लागि अपनाउनुपर्ने सुरक्षाका उपाय अपनाइएन। जुन संक्रमण फैलिनुको अर्को कारण बन्यो।
अन्नपूर्ण पोस्ट् दैनिकबाट साभार

प्रतिकृया