• ८ असोज २०८३, बिहीबार
  • ४ः२६ बेलुका

बन्दीबाहेक सर्वोच्चमा सम्पूर्ण सुनुवाइ ठप्प

प्रकाशित मिति

२०७७ भाद्र १० गते, बुधबार ०८:१२

काठमाडौं, सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरणको रिट निवेदनबाहेक अन्य सम्पूर्ण मुद्दा तथा रिट निवेदनको सुनुवाइ गर्ने कार्य रोकेको छ । सर्वोच्चले विगत ५ दिनदेखि बन्दीप्रत्यक्षीकरणको निवेदनबाहेक अन्य सम्पूर्ण मुद्दाको सुनुवाइ गर्ने क्रम रोकेको हो । सर्वोच्चले गत ४ गते आठवटा उत्प्रेषणको आदेशले बदर गर्न माग गरी दायर भएको रिट निवेदनमा प्रारम्भिक सुनुवाइ गरेको थियो । सोही दिन संयुक्त इजलासबाट तीनवटा बन्दीप्रत्यक्षीकरणको निवेदनको सुनुवाइ भएको थियो ।

National Life

काठमाडौं उपत्यकामा डरलाग्दो तवरले कोरोना भाइरसको संक्रमण बढेका कारण सर्वोच्चकै कर्मचारी तथा कानुन व्यवसायीले समेत बन्दीप्रत्यक्षीकरणको रिट निवेदनबाहेक अन्य मुद्दाको सुनुवाइ रोक्नुपर्ने माग गर्दै आएका थिए । सर्वोच्चकै केही कर्मचारीमा समेत कोरोना भाइरसको संक्रमण भएको रिपोर्ट आएपछि यो माग झन् जोडतोडले उठेको थियो ।

त्यसपछि गत ५ गते शुक्रबार जम्मा एउटा मात्र बन्दीप्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि पेस भएको थियो । हिजो मंगलबार पनि सर्वोच्चमा चार थान बन्दीप्रत्यक्षीकरणको मात्र निवेदन सुनुवाइका लागि पेस भएका थिए । न्यायाधीशहरु दीपककुमार कार्की र प्रकाशमान सिंह राउतको इजलासमा ती निवेदन सुनुवाइका लागि पेस भएका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपाल समाचार पत्र दैनिकबाट साभार

प्रतिकृया