• २५ भदौ २०८३, बिहीबार
  • ८ः४१ राती

आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय यस्तो छ (सूचीसहित)

प्रकाशित मिति

२०७७ भाद्र २ गते, मंगलवार ०८:५०

काठमाडौं, सरकारले बाढी पहिरोजस्ता प्राकृतिक विपद‌को घटना परी ज्यान गुमाउनेको परिवादरलाई दुई लाख राहत दिने भएको छ।

National Life

सोही परिवारका अन्य सदस्यको पनि मृत्यु भएमा भने प्रतिव्यक्ति एक लाखका दरले राहत दिइने सरकारले निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले सो निर्णय भएको जानकारी दिएका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै बैठकले जर्मनी, बेल्जियम र पाकिस्तानका लागि राजदूतहरु सिफारिस गरेको छ।

मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयको प्रस्ताव अनुसार बेल्जियम र युरोपियन युनियनका लागि गेहेन्द्रराज भण्डारी, पाकिस्तानका लागि तापस अधिकारी र जर्मनीका लागि रामकाजी खड्कालाई सिफारिस गरिएको मन्त्री खतिवडाले बताए।

प्रतिकृया