• ५ असोज २०८३, सोमबार
  • ३ः३६ दिउँसो

नक्सा विवादपछि नेपाल–भारतबीच पहिलो बैठक सम्पन्न

प्रकाशित मिति

२०७७ भाद्र १ गते, सोमबार ०२:४७

काठमाडौं, नेपालमा २०७२ सालमा गएको भुकम्पबाट क्षती भए भएका घर पुननिर्माण गर्ने क्रममा भारतले ५० हजार घर निर्माण गर्ने प्रतिवद्धता गरेको थीयो । जस अनुसार हाल सम्म ४६ हजार घर निर्माण भएका छन् । नेपाल भारतबीच संयुक्त निरीक्षण संयन्त्रण (ओभरसाइट मेकानिजम) को सोमबार आज काठमाडौंमा सम्पन्न बैठकमा भारतीय पक्षले सो जानकारी दिएको हो ।

National Life

नक्सा विवादपछि दुई देशबीच यो पहिलो औपचारिक बैठक हो । बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव शंकरदास बैरागी र भारतका तर्फबाट भारतीय राजदूत विनय मोहन क्वात्रा सहभागी थीए ।

कोरोनाका कारण भिडियो कन्फरेन्समार्फत भएको बैठकमा विशेष गरी भारतको सहयोगमा सञ्चालित परियोजनाहरुमा केन्द्रित रहेर कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

बैठकमा २०७२ सालको भूकम्पले भत्किएका ५० हजार घर निर्माण गरिदिन भारतीय पक्षले प्रतिवद्धता जाहेर गरेअनुसार ४६ हजार ३०१ घर निर्माण भएको भारतीय राजदूतले जानकारी दिए । नेपाल पक्षले समग्र परियोजनाको समीक्षा गर्दै कोरोना विरुद्धको लडाइमा भारतीय सहयोगका लागि धन्यवाद दिएको छ ।

प्रतिकृया