• ८ असोज २०८३, बिहीबार
  • २ः५९ दिउँसो

पहिरोमा परेकाको उद्धारका लागि सभामुख घटनास्थलमा

प्रकाशित मिति

२०७७ श्रावण ३० गते, शुक्रबार १२:४७

सिन्धुपाल्चोक, जुगल गाउँपालिका–२ लिदीमा गएको भीषण पहिरामा परेकाको उद्धारका लागि सभामुख अग्निप्रसाद सापकोटालगायतको टोली हेलिकप्टरमार्फत घटनास्थल पुगेको छ ।

National Life

उद्धारका लागि नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिङ तामाङ, नेकपा नेता सरल सहयात्री, जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ, जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठ, उपाध्यक्ष सिर्जना तामाङसहितको टोली हेलिकप्टर लिएर जुगलको लिदी पुगेको सभामुख सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

लिदीमा फेरि झर्यो पहिरो
लिदीमा बिहान ६ बजे गएको पहिरामा परी घाइते भएका तथा मृतकको सनाखत हुन नपाउँदै फेरि बिहान १० बजे सुख्खा पहिरो झरेको छ । उद्धार गर्दैगर्दै फेरि पहिरो झरेका कारण थप केही मानवीय क्षति हुनाका साथै केही घर पुरिएको गुगल गाउँपालिका– ५ का वडाध्यक्ष सनतकुमार अधिकारीले जानकारी दिनुभयो । “घाइतेको उद्धार गर्दागर्दै फेरि पहिरो गयो, थप केही मानवीय क्षति हुनुका साथै घर पुरेको छ”, उहाँले भन्नुभयो । थप गएको पहिरामा कति क्षति भयो भन्ने यकिन हुन नसकेको उहाँले बताउनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

लिदीबाट पहिलो चरणमा सिकिस्त घाइते भएका दुई महिला र दुई पुरूषलाई हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडौँ पठाइएको छ । घाइतेलाई हेलिकप्टरबाट चौतारा ल्याई उपचारका लागि पठाइएको हो । अन्यको उद्धार जारी राखिएको प्रहरीले जनाएको छ ।
रासस

प्रतिकृया