• ७ असोज २०८३, बुधबार
  • ४ः२० बिहान

वीरगञ्जमा ७४ वर्षका कोरोना सङ्क्रमित वृद्धको मृत्यु

प्रकाशित मिति

२०७७ श्रावण २४ गते, शनिबार ०७:४३

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड विशेष अस्पताल गण्डकिमा उपचारको क्रममा एक सङ्क्रमित वृद्धाको मृत्यु भएको छ । कोरोना शङ्कास्पद बिरामीको रुपमा भर्ना भई उपचाररत वीरगञ्ज–३ छपकैयाका ७४ वर्षका वृद्धका उपचारको क्रममा मृत्यु भएको छ । शुक्रबार साँझ मृत्युपश्चात आएको पीसीआर परीक्षण रिपोर्टमा कोरोना सङ्क्रमण देखिएको अस्पतालका डा.जे.पी. जयसवालले पुष्टि गर्नुभयो ।

National Life

मधुमेह तथा दम रोगका दीर्घ रोगी रहनुभएका ती ७४ वर्षीय वृद्धलाई साउन २२ गते राति अचानक स्वास लिन गाह्रो भएपछि वीरगञ्जको एडभान्स अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो । चार पाँच दिनदेखि ज्वरो पनि आएको रहेछ एडभान्स अस्पतालको इमर्जेन्सीबाट आईसियूमा जानुपर्ने अवस्था देखिएपछि चिकित्सकले अन्यत्र लैजान भने पछि वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड विशेष अस्पतालमा राति करिब १ बजे ल्याइएको र साढे १ बजे मृत घोषणा गरिएको अस्पतालका डा. जेपी जयसवालले बताउनुभयो । निकै प्रयास गर्यौं उहाँलाई बचाउन सकेनौँ,डा.जयसवालले भन्नुभयो ।

अस्पतालमा कार्यरत चिकित्सक र उपचाररत बिरामीमा कोरोना सङ्क्रमण देखिएपछि एडभान्स अस्पतालको इमर्जेन्सीबाहेक अन्य सबै सेवा बन्द गरिएको थियो । त्यसपछि आईसियूमा राखेर उपचार गर्नुपर्ने भएकाले अर्को अस्पतालमा जानुपर्ने भएपछि सुरुमा नेशनल मेडिकल कलेजमा लगिए पनि त्यहाँ भर्ना लिन नमानेपछि वीरगञ्ज वडा नम्बर ३ का वडा अध्यक्ष वैजु स्वर्णकारको पहलमा नारायणी अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा लगी उपचार सुरु गरिएको थियो । पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरेर नारायणी अस्पतालको पीसीआर ल्याबमा पठाइएको शुक्रबार साँझ रिपोर्ट कोरोना पोजिटिभ आएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

साउन यता, पर्सामा यी वृद्धको मृत्युसँगै मृत्यु हुने सङ्क्रमितको १५ पुगेको छ र १४ जनाको अहिले आइसियूमा उपचार भइरहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। मदन उपाध्यायले बताउनुभयो । नारायणी अस्थायी कोभिड विशेष अस्पताल गण्डकको आईसियुमा उपचाररत २२ वर्षदेखि ६५ वर्ष उमेर समूहका सात सङ्क्रमितहरूको अवस्था गम्भीर रहेको उपचारमा संलग्न डा.जेपी जयसवालले बताएका छन् । यो समाचार आजको गोरखापत्रले छापेको छ ।

 

प्रतिकृया