• ८ असोज २०८३, बिहीबार
  • ५ः५२ बेलुका

दक्षिण एसियाली क्षेत्रका फुटबल संघसँग फिफा र एएफसीका अध्यक्ष बिच छलफल

प्रकाशित मिति

२०७७ श्रावण २२ गते, बिहीबार ०७:२९

काठमाडौं । कोरोना भाइरसको महामारीपछि सृजित समस्याबारे फिफा अध्यक्ष गियनी इन्फान्टिन्हो र एएफसीका अध्यक्ष शेख सलमानले दक्षिण एसियाली क्षेत्रका फुटबल संघहरुसँग छलफल गरेका छन् ।

National Life

बुधबार अध्यक्षद्वय इन्फान्टिन्हो र सलमानले कोरोना भाइरसले यस क्षेत्रको फुटबलमा पारेको असर र संघहरुले खेलेको भूमिकाबारे चाँसो राखेको अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताएका छन् ।

‘यस क्षेत्रको फुटबललाई सुरक्षित तरिकाले कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा छलफल केन्द्रीत रह्यो,’ भर्चुअल बैठकमा सहभागी एन्फा अध्यक्ष शेर्पाले भने, ‘हामीहरूले पनि आ(आफ्नो देशको फुटबल संघले गरेका कामहरु बतायौँ ।’

Classic Tech Mobile
Classic Tech Desktop

अबका दिनमा दक्षिण एसियाली क्षेत्रको फुटबललाई अगाडि बढाउन फिफाले आर्थिक सहयोगदेखि प्रायोजक खोज्ने जस्ता काममा सहयोग गर्ने प्रतिवद्धता अध्यक्ष इन्फान्टिन्हो जनाएको एन्फा अध्यक्ष शेर्पाले बताएका छन् ।

कोरोना भाइरसका कारण अहिले फिफा र एएफसीका अफिसियल खेलहरु आयोजना हुन सकेका छैनन् । तर, विस्तारै दक्षिण एसियाली देशहरुले घरेलु लिगहरु फिफाको प्रोटोकल अनुसार शुरु गर्न थालेका छन् ।

नेपालले पनि भदौ १ गतेदेखि फिफा विश्वकप २०२२ र एएफसी एसिया कप २०२३ को संयुक्त छनोट अन्तरगत घरेलु खेलका लागि अभ्यास शुरु गर्न लागेको छ ।

प्रतिकृया