फरार कैदी पक्राउ
प्रकाशित मिति
२०७७ श्रावण १८ गते, आईतवार ०३:११
मकवानपुर, भीमफेदी कारागारबाट केही महिनाअघि फरार भएका कैदी कुलदीपराज धामीलाई प्रहरीले पक्राउ गरेको छ । पूर्व नवलपरासीको रजहरमा हेटौँडाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो । आज पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी कार्यालयले २५ वर्षीय उनलाई सार्वजनिक गरेको छ ।
धामी चितवन बस्ने २१ वर्षीय रोजीन गुरुङको हत्या गरेको अभियोगमा २० वर्ष जन्मकैद भोगिरहेका थिए । सुनसरीको रामधुनी नगरपालिका–७ बस्ने उनी विसं २०७६ कात्तिक ३० गते कारागारबाट भागी फरार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कञ्चनपुरबाट चितवन आउँदै गरेको सूचनाका आधारमा निजलाई पक्राउ गर्न प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले बताउनुभयो । उनलाई आजै कारागार पठाइने जनाइएको छ ।
रासस
Related
Recent News
- शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश घोषणा
- पोखराका सुकुमबासीलाई १८ ठाउँमा स्थानान्तरण गर्ने तयारी, एक महिनाभित्र बसपार्क खाली गरिने
- संविधान दिवसमा टुँडिखेलबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाह
- भोटेकोशी विपद्मा अभिभावक गुमाएका बालबालिकाको दीर्घकालीन स्याहार सरकारले लिने
- कोरलानाकाबाट १५ दिनमै १ अर्ब ७८ करोड राजस्व संकलन
- आजदेखि हरितालिका तीज सुरु, महिलाहरू दर खाँदै
- काठमाडौंमा पाँच दिनमा २ लाख ३३ हजारभन्दा बढी ग्यास सिलिण्डर बिक्री
- प्राकृतिक विपत्तिका कारण नेपालमा लगानी गर्न हुँदैन भन्ने धारणा बन्नु हुँदैन: कुलमान घिसिङ
- भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन
- बेनी हाइड्रोपावरको आईपीओमा मागभन्दा ३० गुणाभन्दा बढी
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया