• 4:34 pm

भारतमा २४ घण्टामा कारोना भाइरसका कारण ८५२ जनाको मृत्यु

प्रकाशित मिति

२०७७ श्रावण १८ गते, आईतवार ०६:४५

 

काठमाडौं । विश्व महामारीको रुपमा फैलिएको कारोना भाइरसका कारण भारतमा २४ घण्टामा ८५२ जनाको मृत्यु भएको छ ।

आइतबार यो समाचार तयार पार्दासम्म भारतमा थप ५४ हजार ८६५ जना संक्रमित भएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या १७ लाख ५१ हजार ९१९ पुगेको छ ।

भारतमा तीन दिनमा मात्रै १ लाख ६७ हजार ५३५ जना संक्रमित भएका छन् । संक्रमितमध्ये अहिलेसम्म ११ लाख ४६ हजार ८७९ संक्रमणमुक्त भएका छन् भने ५ लाख ६७ हजार ६३७ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ८५२ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको ३७ हजार ४०३ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रतिकृया