• ४ साउन २०८३, सोमबार
  • ८:१० बेलुका

नेपाल टेलिकमद्धारा विज्ञप्ति जारी

प्रकाशित मिति

२०७७ श्रावण १४ गते, बुधबार ११:४१

नेपाल टेलिकमले एक प्रेस विज्ञप्ति जारी गरेको छ । नेपाल टेलिकमका विभिन्न सेवाहरुको Top Up (रिचार्ज) गर्नका लागि USSD Code *412# प्रयोग गर्न सकिने भएको छ । कम्पनीको जिएसएम मोबाइलबाट*412# डायल गर्दा रिचार्ज गर्नुपर्ने विभिन्न सेवाहरु मेनुमा देखिन्छ ।

त्यसपछि त्यहाँ उल्लिखित सेवाहरु नम्बर अनुसार छनौट गरी रिचार्ज गर्न सकिन्छ । यो सुविधाबाट आफ्नो मात्र नभई अन्य जुनसुकै नम्बरमा समेत रिचार्ज कार्ड प्रयोग गरी रिचार्ज गर्न पनि सकिने विज्ञप्तिमा उल्लेख गरीएको छ । ।

Kamana Sewa

कम्पनीले उपलब्ध गराएका जीएसएम सेवा, सीडीएमए सेवा, ल्यान्डलाइन फोन सेवा, एफटीटीएच भ्वाइस सेवा, एफटीटीएच डाटा सेवा, एडीएसएल सेवा, वाइम्याक्स सेवा र सिप (SIP) सेवाहरुको Top Up (रिचार्ज) USSD Code प्रयोग गरी सहज रुपमा गर्न सकिन्छ ।

Classic Tech Desktop

त्यसैगरी नयाँ सिम Activate गर्न हाल १४१५ मा कल गरी First Call Activation (FCA) गर्दै आएकोमा ग्राहकको थप सुविधाका लागि कम्पनीले *1414#   डायल गरी  *1414#  गर्न सकिने व्यवस्था मिलाएको जनाईको छ ।

नेपाल टेलिकम एप र कम्पनीको वेबसाइट  (www.ntc.net.np) मार्फत Top Up (रिचार्ज) गर्ने गरिएकोमा हाल उपलब्ध गराइएको नयाँ सुविधाबाट कम्पनीका अन्य सेवाको Top Up  (रिचार्ज) समेत थप सहज रुपले गर्न सकिने अपेक्षा गरिएको वज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया