• ११ असोज २०८३, आइतबार
  • ९ः०३ बिहान

अव्यवस्थित पार्किङमा राखिएको सवारी साधनलाई कारवाही गर्दै एसपी राना (फोटोसहित)

प्रकाशित मिति

२०७७ श्रावण १४ गते, बुधबार ०४:५६

नेपालगन्ज । जब एसबाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर राना अव्यवस्थित पार्किङ गरी राखिएका सवारी साधनलाई कारवाही गर्न नेपालगन्जमा आफै सडकमा निस्किएका छन ।

National Life

प्रहरी प्रमुख रानासहित ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बम सहित नेपाल प्रहरी र ट्राफिक प्रहरीको एउटा टोली मंगलबार नेपालगन्जको बिपि चोक देखि धम्बोझी चोकसम्म अव्यवस्थित रुपमा पार्किङ गरीएका सवारी साधनलाई कारवाही गर्न सडकमा निस्किएका थिए ।

प्रहरीले अव्यवस्थित रुपमा सडकमा पार्किङ गरी राखिएका आधा दर्जन बढी सवारी साधनको टायरमा व्हील लकरको सहायताले ‘लक’ गरी कारवाही गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

सडकमा अव्यवस्थित रुपले जथाभावी पार्किङ गरी राखिएका सवारी साधनले दुर्घटनाको जोखिम निम्तिने हुँदा तथा सहरको सौन्दर्यीकरण पनि कुरुप देखिने हुँदा कारावाही गर्नु परेको एसपी रानाले जानकारी दिए ।

एसपी रानाले भने ‘सडकमा ट्राफिक नियम बिपरित राखिएका सवारी साधनलाई व्हील लकरको माध्यमबाट ‘लक’ गरी कानून अनुसार कारवाही गर्न आजबाट बाँके जिल्लामा शुरु गरिएको छ, जिल्लामा यो नयाँ प्रयोग हो ।’

जिल्ला ट्राफिक प्रमुख पबिन्द्र बमले नगरका विभिन्न स्थानमा उपमहानगरपालिकासङ्गको समन्वयमा दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीको साधनको लागि छुट्टाछुट्टै पार्किङ स्थल तोकिएको तर सवारी चालकले जथाभावी मनलाग्दी रुपले पार्किङ गरिदिंदा समस्या आएको बताए ।

‘जिल्लामा अहिले पहिलो पटक २० वटा व्हील लकर आएको छ, यसैको सहायताले अव्यवस्थित र ट्राफिक नियम बिपरित राखिएका सवारी साधनलाई ठाउँको ठाउँ कारबाही गरीनेछ, कारवाही स्वरुप ट्राफिक नियम अनुसार ५ सय देखि १५ सय रुपैयाँ सम्म जरीवाना गरीनेट्राफिक प्रमुख बमले जानकारी दिए ।

प्रतिकृया