• ४ साउन २०८३, सोमबार
  • ७:५७ बेलुका

हराएको मोबाइल हस्तान्तरण

प्रकाशित मिति

२०७७ श्रावण १२ गते, सोमबार ०३:०१

जिल्लाका विभिन्न स्थानबाट हराएको मोबाइल सम्बन्धित धनीलाई प्रहरीले हस्तान्तरण गरेको छ । २९ वटा हराएको मोबाइल प्रहरीले बरामद गरी आज जिल्ला प्रहरी कार्यालय बेँसीशहरमा सम्बन्धित व्यक्तिलाई बोलाएर हस्तान्तरण गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरीले हराएको मोबाइल खोजतलास गर्ने अभियान सञ्चालनका क्रममा उक्त मोबाइल जिल्ला भित्रका विभिन्न स्थान तथा व्यक्तिबाट बरामद गरी सम्बन्धित मोबाइल धनीलाई वितरण गरिएको प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताउनुभयो । यी विभिन्न प्रकारका २९ वटा मोबाइल रहेको र सबै गरी रु चार लाख ८० हजार ५०० बराबरको रहेको उहाँको भनाइ छ । अझै चारवटा मोबाइल फेला पारेको भए पनि काठमाडौँमा दुई, दमौली तनहुँमा एक र जिल्लाभित्रै एकवटा रहेको तथा तत्काल सम्भव नभएकाले केही दिनभित्र प्रहरीले ती मोबाइलसमेत बरामद गरी धनीलाई हस्तान्तरण गर्ने प्रहरीको भनाइ छ । ती चारवटा मोबाइल करीब ८० हजार बराबरको रहेको अनुमान प्रहरीले गरेको छ । हराएका वा चोरी भएका मोबाइल प्रहरीले फेला पारेर दिएपछि सम्बन्धित मोबाइल धनीले हर्षित हुँदै धन्यवाद दिएका थिए ।

Kamana Sewa

प्रहरीले सो मोबाइलहरु फेला परे पनि मोबाइल चोरी गर्ने व्यक्तिहरु भने भेटाउन सकेका छैनन् । चोरी गरी अरूलाई नै मोबाइल बिक्री गरेकाले उनीहरु फेला नपरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार फेला परेको मोबाइल तीन वर्षअघि देखि हराएको समेत बरामद गरिएको छ । जिल्लाबाट दर्जनौँ मोबाइल हराएको हुन सक्ने र खोजी जारी रहेको प्रहरी निरीक्षक पुनले बताउनुभयो । उहाँले भन्नुभयो, “१० हजार रुपैयाँ सम्मको मोबाइल हराए वा चोरी भए पनि प्रहरीलाई खबर नगर्ने र ३० हजारदेखि माथिको मूल्यको मोबाइलमात्र हराएको प्रहरीलाई जानकारी आउने गर्नाले हराएको मोबाइलको सङ्ख्या यकिन भएको छ्रैन ।”
रासस

Classic Tech Desktop

प्रतिकृया