• ८ असोज २०८३, बिहीबार
  • ३ः४९ दिउँसो

लक्ष्यभन्दा बढी राजश्व उठाउन सफल

प्रकाशित मिति

२०७७ श्रावण ९ गते, शुक्रबार ०४:११

करदाता सेवा कार्यालय खाँदबारी आर्थिक वर्ष २०७५÷७६ को तुलनामा यस आर्थिक वर्ष २०७६÷७७ मा ६८।६४ प्रतिशत बढी आन्तरिक राजश्व कर उठाउन सफल भएको छ ।

National Life

गत आर्थिक वर्षमा आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क कर, ब्याज कर, बहालकर, पूँजीगत लाभकरलगायतका शीर्षकबाट रु २४ करोड ७४ लाख राजश्व सङ्कलन भएको हो । अघिल्लो आर्थिक वर्ष २०७५÷७६ मा ती शीर्षकमा कूल १४ करोड ६७ लाख राजश्व सङ्कलन भएको थियो ।

करदाता सेवा कार्यालय खाँदबारीमा हाल व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता सङ्ख्या पाँच हजार ७६६, व्यावसायिक लेखा नम्बर लिने करदाता चार हजार ६६८ रहेको र ७४९ जना सेवाग्राहीले व्यावसायिक स्थायी लेखा नम्बर लिएको कर अधिकृत राजन विकले जानकारी दिनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

लामो समयदेखि मुलुक कोभिड–१९ का कारण लकडाउन भएसँगै राजश्व उठाउनसमेत सरकारलाई हम्मेहम्मे परिरहेको बेला करदाता सेवा कार्यालय सङ्खुवासभाले भने यस आवमा बढी राजश्व उठाउन सफल भएको हो ।
रासस

प्रतिकृया