• ८ असोज २०८३, बिहीबार
  • ४ः३३ बेलुका

नेपालमा कोरोनाबाट थप एकको मृत्यु, मृतकको संख्या ४४ पुग्यो

प्रकाशित मिति

२०७७ श्रावण ९ गते, शुक्रबार ०३:५९

काठमाडौं- नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका– ११ निवासी ८५ वर्षीया वृद्धाको कोरोनाबाट मृत्यु भएको हो । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङख्या ४४ पुगेको छ ।
नारायणी अस्थायी कोरोना अस्पतालमा उपचाररत उनमा मुटु रोगको समस्या भएको र अहिले निमोनिया भएर अस्पताल भर्ना भएको अस्पताल डाक्टर उदय नारायण सिंहले बताए ।

National Life

कोरोना अस्पतालका इन्चार्ज डा। निरज सिंहका अनुसार शुक्रबार कोरोना अस्पतालमा मृत्यु भएकी महिला वीरगन्जकै एडभान्स मेडिकेयर हस्पिटलबाट बिहीबार रिफर भएर कोरोना अस्पताल आएकी थिइन् । गत मंगलबार कोरोना अस्पतालमै उपचार गराइरहेका वीरगन्ज– ६ माईस्थानका ७० वर्षीय वृद्धको मृत्यु भएको थियो । बुधबार साँझ कोरोना संक्रमण पुष्टि भएपछि ७० वर्षीय वृद्धको बिहीबार नेपाली सेनाले अन्तिम संस्कार गरेको थियो ।

प्रतिकृया