मानन्धर दम्पतीद्धारा पातञ्जललाई ५१ हजार नगद सहयोग
प्रकाशित मिति
२०७७ श्रावण ६ गते, मंगलवार ०३:१३
भक्तपुर,नबराज काफ्ले । पातञ्जल योग समिति नेपाल अन्र्तगत सञ्चालित पातञ्जल योग प्रशिक्षण प्रतिष्ठानलाई वरिष्ठ योग प्रशिक्षक एव पुर्व जिल्ला शिक्षा अधिकारी शंकर मानन्धर एवं स–पत्नी नारायणी मानन्धरले रु ५१ हजार नगद सहयोग प्रदान गरेका छन् ।
पातञ्जल योग प्रशिक्षण प्रतिष्ठानको अभियान सञ्चालन हेतु थप सहयोग पुगोस भन्ने उद्धेश्यका साथ मानन्धर दम्पतीले चक्रिय कोषको रुपमा सञ्चालन गर्ने गरि सो रकम हस्तान्तरण गरेका प्रतिष्ठानका उपाध्यक्ष गीता प्रसाद नेपालले अवगत गराए ।
मानन्धर दम्पतीबाट रकम बुझ्दै पातञ्जल योग समिति नेपालका केन्द्रिय अध्यक्ष सुदर्शन सुवेदीले प्राप्त रकमलाई उहाँहरुको सदिच्छा बमोजिमनै सञ्चालन गरिने बताउदै विशेष धन्यवाद समेत व्यक्त गरेका छन् ।
प्रशिक्षण प्रतिष्ठानका अध्यक्ष समेत रहेका सुवेदीले प्रतिष्ठानले सिटिईभिटि बाट मान्यता प्राप्त व्यवसायिक योग प्रशिक्षण कार्यक्रम सुचारु गरिरहेको बताँउदै सो तालिममा सहभागीताको लागि ईच्छुक योग प्रेमीजनहरुलाई आहवान समेत गरेका छन ।
नेपाल सरकारले सरकारी एवं नीजि विद्यालयहरुमा कक्षा एक देखिनै अनिवार्य योग कक्षा सञ्चालन गरिरहेको बताँउदै पातञ्जल योग समिति नेपालका केन्द्रिय संरक्षक बालमुकुन्द सुवालले प्रशिक्षण प्रतिष्ठान राज्यद्धारा मान्यता प्राप्त योग प्रशिक्षकहरु उत्पादन गर्न लागेको हुँदा यसले नेपाल सरकारको योजनालाई पनि थप टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।






प्रतिकृया