• ६ असोज २०८३, मंगलबार
  • ७ः५३ बिहान

कोरोना अपडोटः १५० जनामा नयाँ कोरोना संक्रमण, ६०९ जना संक्रमण मुक्त

प्रकाशित मिति

२०७७ श्रावण ६ गते, मंगलवार ०४:४६

 

National Life

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बितेको २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १५० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

आज (मंगलबार) थपिएकासहित नेपालमा संक्रमितको संख्या १७ हजार ९९४ जना पुगेको छ ।

आज थप ६०९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १२ हजार ४७७ जना संक्रमित उपचारपछि निको भएका छन् । आजसम्म नेपालमा ४० जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ ।

प्रतिकृया