पेट्रोलीयम पदार्थको पटक पटक मूल्य वृद्धि गरेको भन्दै नेविसंघ (वी.पी)ले बुझयो ज्ञापनपत्र
प्रकाशित मिति
२०७७ श्रावण ५ गते, सोमबार ०९:२२
काठमाडौं । नेपाल काँग्रेस (वी.पी) को भातृ संस्था नेपाल विद्यार्थी संघ (वी.पी.) ले नेपाल आयल निगमले आफ्नो पुर्ब निर्णय स्वचालित प्रणाली इन्धनको मूल्य समायोजनलाइ लत्याई असार १७ र २६ गते ९ दिनको बिचमा पेट्रोलीयम पदार्थको मूल्य २ पटक वृद्धि गरेको भन्दै नेपाल बिध्यार्थी संघ (वी.पी) ले नेपाल आयल निगमलाई ज्ञापनपत्र बुझाएको छ ।
नेपाली काँग्रेस (वी.पी.) का महामन्त्री बिकास पाण्डेको नेतृत्वमा गएको विद्यार्थीहरुको समुहले बिश्वो कोरोनाले आक्रान्त भएको र नेपाल पनि प्रभावमा परि नेपाली जनताहरुलाई लकडाउनमा राखिएको अबस्थामा तथा अब्यबस्थित क्वारेन्टाइनमा उपचारको सामाग्री अभाबले पिडा दिएको अबस्थामा नेपाल आयल निगमले आफु अनुकुल मूल्य वृद्धि बढाएर नाफालिदै आएकोले ७ दिन भित्र मूल्य वृद्धि गरेको निर्णय फिर्ता लिन माग गरेको छ ।
नेपाल आयल निगमलाइ नेपाल बिद्यार्थी संघ (वी.पी.) ले मूल्य समायोजन गर्दा शुक्रबारलाई प्राथमिकता दिएको भन्दै शनिबार र आईतबार दुइ दिनलाई खपत हुने इन्धन निगमको डिपो थानकोट बाट ब्यबसायीले शुक्रबार नै खरीद गर्ने गरेको र मूल्य वृद्धिमा ब्यबसायी र कर्मचारीको मिलिमतोमा भ्रस्ट्राचारको गन्ध आएकोले मूल्य समायोजन गर्दा शुक्रबार बाहेक अन्य बारमा समायोजन प्रक्रिया गर्न सुझाब दिएको छ ।
नेपाल बिद्यार्थी संघ (वी.पी.) ले लकडाउनको समयमा चैत्र, वैशाक र जेष्ठ महिनामा मात्रै नेपाल आयल निगमले ३ अर्ब रुपैया मुनाफा गरेको सुचना प्राप्त गरेको यथार्थ हुदा हुदै पनि ९ दिन भित्र २ पटक निगमले आफ्नै स्वचालीत प्रणालीलाइ लत्याई मूल्य वृद्धि के कती कारणले गरेको हो त्यसको जानकारी आमा नागरीकलाई आजको मितिले ७ दिन भित्र सार्बजनिक गरी नेपाल आयल निगम अनुकूल गरीएको मूल्य वृद्धि खारेज गर्न माग गरेको छ ।
नेपाल विद्यार्थी संघ (वी.पी.)ले रु.३८ रुपैयामा खरीद गरिएको पेट्रोलीयम पदार्थलाई नेपाल सरकारले विभिन्न कोष खडाको बाहानामा विभिन्न कर लगाई महंगो मुल्यमा इन्धन बिक्रि गर्दै आएको तर सो तथाकथित कोषहरुमा हाल सम्म नेपाल आयल निगमले के कती रकम जम्मा गरीएको छ भन्ने पार्दशिकरुपमा सार्बजनिक नगरीकोले ७ दिन भित्र सार्बजनिक गर्न माग गरेको छ ।
नेपाल विद्यार्थी संघ (वी.पी.) को ज्ञापनपत्र बुझ्दै नेपाल आयल निगमका महाप्रबन्धक सुरेन्द्र कुमार पौडेलले नेपाल आयल निगम पुर्ण सरकारी स्वामित्वमा रहेकोले आफ्नो निर्णय भन्दा पनि सरकारको निर्णय कार्यान्यन गर्नु बाध्यता रहेकोले सरकारले विभिन्न शिर्षकमा कर नलगाउने हो भने खरीद मुल्यमा निगमको खर्च जोडी आम उपभोक्तामा प्रति लिटर रु. ४२-४३ रुपैयामा इन्धन उपलब्ध गराउन सकिने बताउनु भयो ।
निगमका महाप्रबन्धक पौडेलले आफु भित्र मात्र कर्मचारी रहेको बाहिर नागरीक रहेकोले नेपाल विद्यार्थी संघ (वी.पी.) को माग प्रती गम्भीरताका साथ विभागीय मन्त्रालयमा जानकारी गराई माग सम्बोधन गर्न पहल गर्ने बचन दिनु भयो ।
नेपाल विद्यार्थी संघ (वी.पी.) ले आफ्नो मागलाई गम्भीरता नलिएमा जस्तो सुकै परिस्थिती श्रीजना हुन सक्ने र त्यस अबस्थाको जिम्मेवार नेपाल आयल निगम तथा नेपाल सरकार हुने छ भन्ने चेतावनी दिएको छ ।







प्रतिकृया