• २४ भदौ २०८३, बुधबार
  • २ः३२ दिउँसो

मानवीय क्षतिप्रति मेलम्ची आयोजना मर्माहत

प्रकाशित मिति

२०७७ श्रावण ५ गते, सोमबार ०६:४७

 

National Life

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले सुरुङ र अस्थायी बाँधको निर्माण कार्य परीक्षणका क्रममा भएको दुघर्टनाबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेको छ ।

आयोजनाले गत असार ३० गते मध्याह्नमा १७ नम्बर गेट खुल्दा प्रवाह भएको पानीले आयोजनाका निर्माण व्यवसायी सिनो हाइड्रो कर्पोरेशनमा कार्यरत इञ्जिनीयर सतीसकुमार गोइत र सवारी चालक राधाकृष्ण थापा मगरलाई बगाई मेलम्ची नदीमा बेपत्ता भएको जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

खोज तथा उद्धारका क्रममा इञ्जिनीयर गोइतको शव प्राप्त भए तापनि चालक थापामगर अझैसम्म बेपत्ता छन् । सुरक्षाका सबै उपायको अवलम्बन गर्दागर्दै हुन गएको दुर्घटनामा मानवीय क्षति भएकामा मेलम्ची खानेपानी आयोजना स्तब्ध भएको जनाएको छ ।

बेपत्ता सवारी चालक थापामगरको खोजीकार्य सुरक्षा निकाय र परिवारका सदस्यद्वारा जारी राखिएको छ । आयोजनाले मानवीय हताहतिको यस दुःखद् घटनालाई गम्भीररुपमा लिएको छ । आयोजनाले स्व इञ्जिनीयर गोइतको मृत आत्माको चीरशान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ ।

आयोजनाले मृतक तथा बेपत्ताका हकवालाले पाउने बीमालगायतका सुविधाका लागि आयोजनाले प्रक्रिया अघि बढाउन निर्माण व्यवसायीलाई निर्देशन गरिसकेको जनाएको छ ।

प्रतिकृया