• २२ भदौ २०८३, सोमबार
  • ४ः४५ बेलुका

अब एक बैंकको कार्ड अर्कै बैंकको एटीएममा प्रयोग गर्दा शुल्क लाग्ने

प्रकाशित मिति

२०७७ श्रावण २ गते, शुक्रबार ०७:३९

 

National Life

काठमाडौं । अब एक बैंकको एटीएम कार्ड अर्को बैंकको एटीएम मेसिनमा प्रयोग गरेबापत शुल्क लाग्ने भएको छ ।

साउन १ गतेदेखि बैंकहरुले अन्तर बैंक कारोबार गर्दा शुल्क लिन सक्ने गरी निर्णय भएको नेपाल बैंकर्स एसोसिएसनले जनाएको छ ।

Classic Tech Desktop

वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीका एसोसिएसनहरुले बुधबार उक्त निर्णय गरेका हुन् । यसअघि लक डाउनका बेला यस्तो शुल्क नलिने निर्णय भएको थियो ।

‘हाल प्रायः जसो सबै बैंक तथा वित्तीय संस्थाहरुका शाखाहरु खुलेको र बन्दाबन्दीसमेत खुकुलो भई आवत–जावत समेत सहज भइसकेको छ । यसर्थ, साउन १ गतेबाट विद्युतीय कारोबार तथा नगद झिक्न अन्तर–बैंक एटिएम प्रयोग गर्दा शुल्क लिने वा नलिने निर्णय सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरु आफैंले निर्धारण गर्न सक्छन्’, एसोसिएसनहरूको निर्णयमा भनिएको छ ।

यसअघि कोरोना भाइरसको महामारी र लक डाउनको असरलाई मध्यनजर गर्दै बैंकहरू आफैंले यो सुविधा दिएका थिए ।

कोरोना असरका कारण गत चैत ७ गतेबाट बैंकहरुले जुनसुकै बैंकको कार्ड जुनसुकै एटिएममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेका थिए । बैंकहरूले अन्तर बैंक एटीएम प्रयोग गर्दा २० रूपैयाँदेखि २५० रूपैयाँसम्म शुल्क लिदै आएका छन् ।

प्रतिकृया