• २५ भदौ २०८३, बिहीबार
  • १०ः१६ राती

सार्वजनिक यातायात सञ्चालनका लागि सरकारले सहयोग गर्नेः प्रधानमन्त्री

प्रकाशित मिति

२०७७ श्रावण १ गते, बिहीबार ०२:१८

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक यातायात सञ्चालनका लागि सरकारले सहयोग गर्ने वताउनुभयो। प्रधानमन्त्री ओलीले कोभिड–१९ को महामारीपछि दैनिक जीवन, अर्थतन्त्र, सेवा र रोजगारी सम्बन्धी सबै क्षेत्र प्रभावित भएको वताउँदै सार्वजनिक यातायात सञ्चालन गर्न यस क्षेत्रका समस्या समाधान गर्न पहल गर्ने वताएको हो।

National Life

कोभिड– १९ को महामारी पश्चात् यातायात सञ्चालनमा देखिएका समस्याबारे ज्ञापनपत्र बुझाउन आएको यातायात ब्यवसायी र मजदूरहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले महामारीका कारण प्रभावित भएका सवै क्षेत्रका समस्या राज्यले हेर्नु पर्ने भएकाले आफ्नो सामथ्र्य अनुरुप समाधानमा अग्रसर रहने वताउनुभयो ।

‘कोभिड–१९ को महामारीपछि सबै क्षेत्र प्रभावित हुन पुगे । जनताको दैनिक जीविका, विकास, अर्थतन्त्र र सेवा, सबै क्षेत्रमा यसको प्रभाव छ ।’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सबै क्षेत्रका समस्या सरकारले समाधान गरिदिए हुन्थ्यो भन्ने परिरहेको छ, यस्तो स्वाभाविक पनि हो । सार्वजनिक यातायात सञ्चालन गर्न के कस्तो सहयोग गर्न सकिन्छ, सरकारले पहल गर्ने छ ।’ संसारभर कोरोना महामारीको संकट आएपछि सरकारको आर्थिक हैसियतमा पनि ह्रास आएको प्रधानमन्त्रीको भनाई छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया