• १६:४१ २०८० चैत्र १५ गते
  • 4:41 pm

आजदेखि फेरि सुरू हुँदै उद्धार उडान

प्रकाशित मिति

२०७७ असार ३१ गते, बुधबार ०९:३८

Sudan DrN8sUwlRz

काठमाडौं । आजदेखि फेरि सरकारले कोरोना भाइरसको महामारीले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार उडान सुरू गर्दैछ ।

दुई दिन स्थगित भएको नेपालीको स्वदेश फिर्ती आजदेखि फेरि सुरु हुन लागेको हो ।

आजदेखि साउन ६ गतेसम्म एक हप्ताका लागि सार्वजनिक गरिएको उडान तालिकामा विभिन्न देशबाट ४२ उडान हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज ६ अन्तर्राष्ट्रिय उडानबाट नेपालीहरू आउने छन् । नेपाल एअरलाइन्स कुनमिङ्गबाट, सिल्क एअर सिङ्गापुरबाट र मलेसियन एअरलाइन्सको जहाज मलेसियाको क्लालाम्पुरबाट नेपाल आउँदैछन् ।

आजै यूएईको आबुधाबीमा नेपाली लिन हिमालय एअरलाइन्सका दुई जहाज जाँदैछन् । हिमालयको अर्को जहाज आजै कुनमिङ्ग जाँदैछ ।

एक हप्ताको अवधिमा विदेशमा समस्यामा परेका नेपाली ल्याउनका लागि हिमालय एअरले १६ वटा र नेपाल एअरलाइन्सले १६ उडान भर्नेछन् । त्यस्तै विदेशी वायुसेवा कम्पनी अन्तर्गत एअर अरेबियाले २, फ्लाई दुबईले २ र मलेसियाको मालिन्दो एयरले ४ वटा उडान अनुमति पाएका छन् ।

जजिरा एअरले पनि नेपालीको स्वदेश फिर्तीका लागि २ वटा उडान अनुमति पाएको छ ।

सरकारले गएको जेठ ३२ गतेदेखि सरकारले विभिन्न देशबाट समस्यामा रहेका नेपालीको स्वदेश फिर्तीका लागि चार्टर्ड उडानलाई अनुमति दिदै आएको छ ।

प्रतिकृया