• २२ भदौ २०८३, सोमबार
  • ९ः२४ राती

आज केही स्थानमा भारी वर्षा

प्रकाशित मिति

२०७७ असार ३१ गते, बुधबार ०६:५०

काठमाडौं । गत शुक्रबारदेखि सक्रिय मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभाग बाट केहि दक्षिण तिर सरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

National Life

बुधबार देशभर आँशिक देखि सामान्य बदली रही गण्डकी प्रदेश, प्रदेश १, प्रदेश ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।

आज देशभर आँशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको तथा प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै बुधबार रातीदेखि देशभरको मौसममा सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश , कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

मनसुन सक्रिय भएर जुनसुकै बेला घनघोर वर्षा हुनसक्ने भएकाले सबैले सतर्कता अपनाउन र नदी तथा खोला आसपास नजानसमेत महाशाखाले अनुरोध गरेको छ ।

आज बढी पानी पर्ने प्रदेशमा रहेका साना ठूला नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्क हुन आग्रह गरिएको छ ।

महाशाखाका अनुसार देशको पूर्वदेखि पश्चिम सम्मका विभिन्न साना तथा ठूला नदीको बहाव बढ्ने सम्भावना रहेकाले सतर्क रहन र नदी आसपास नजानसमेत आग्रह गरिएको छ ।

प्रतिकृया