• २२ भदौ २०८३, सोमबार
  • १०ः०१ राती

विश्वभर कोरोना अपडेटः संक्रमितको संख्या १ करोड ३२ लाख, ५ लाख ७६ हजारको मृत्यु

प्रकाशित मिति

२०७७ असार ३१ गते, बुधबार ०६:३५

 

National Life

काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ३२ लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार कोरोना संक्रमितको संख्या १ करोड ३२ लाख ७१ हजार ७ सय ५६ पुगेको हो। कोरोनाबाट हालसम्म ५ लाख ७६ हजार ९ सय ८० जनाको मृत्यु भइसकेको छ भने ७३ लाख ६७ हजार १ सय ६ जना निको भइसकेका छन्।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ३४ लाख २४ हजार ३ सय ४ पुगेको छ भने १ लाख ३६ हजार ४ सय ३२ को मृत्यु भइसकेको छ। ब्राजिलमा १९ लाख २६ हजार ८ सय २४ संक्रमित र ७४ हजार १ सय ३३ को मृत्यु, भारतमा ९ लाख ६ हजार ७ सय ५२ संक्रमित र २३ हजार ७ सय २७ को मृत्यु तथा रुसमा ७ लाख ३८ हजार ७ सय ८७ संक्रमित र ११ हजार ५ सय ९७ को मृत्यु भइसकेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै, पेरुमा ३ लाख ३३ हजार ८ सय ६७ र चिलीमा ३ लाख १९ हजार ४ सय ९३ संक्रमित भएका छन्। त्यहाँ क्रमशः १२ हजार २ सय २९ र ७ हजार ६९ जनाको मृत्यु भएको छ।

प्रतिकृया