जसपा औपचारिक रुपमा भयो दर्ता
प्रकाशित मिति
२०७७ असार २८ गते, आईतवार ०७:३३
काठमाडौं, समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा)लाई निर्वाचन आयोगले औपरिक रुपमा दल दर्ता प्रमाणपत्र हस्तान्तरण गरेको छ । गत बैशाख १० गते एकता घोषणा गरेको जसपालाई आयोगले आइतबार दल दर्ताको प्रमाणपत्र दिएको हो । जसपाको दर्ता नं १५९ रहेको छ ।
आयोगले प्रमाणपत्र र आधिकारीकता पत्र प्रदान गरेको भन्दै जसपाले अग्रगामी परिर्वतन पक्षधर, संघीयता, राष्ट्रिय पहिचान, सुशासन, लोकतन्त्र, समृद्धि, सामाजिक न्याय र समाजवादप्रति समर्पित सम्पूर्णलाई पार्टीमा आवद्ध हुन पनि आह्वान गरेको छ ।
प्रतिकृया