• २३ भदौ २०८३, मंगलबार
  • ३ः४६ राती

बलिउड अभिनेता अनुपम खेरकी आमासहित परिवारका चार जनामा कोरोना पुष्टि

प्रकाशित मिति

२०७७ असार २८ गते, आईतवार ०१:३३

एजेन्सी, बलिउड अभिनेता अनुपम खेरकी आमासहित परिवारका चार जनामा कोरोना पोजेटिभ देखिएको छ। अनुपम खेरले आइतबार बिहान ट्वीट गर्दै यो जानकारी दिएका हुन्।

National Life

केही दिनदेखि उनकी आमा दुलारी खेरको स्वास्थ्यमा समस्या देखिएको थियो। चिकित्सकको सल्लाहअनुसार परीक्षण गराउँदा उनमा कोरोना संक्रमण पुष्टि भएको हो। उनको कोकिलाबेन अस्पतालमा उपचार भइरहेको छ। आमालाई संक्रमण पुष्टि भएपछि खेर परिवारका अन्य सदस्यमा पनि परीक्षण गरिएकामा चार जनामा संक्रमण पुष्टि भएको जनाइएको छ।

यसैगरी अभिनेत्री रेखाका गार्डमा पनि कोरोना संक्रमण देखिएको समाचारमा जनाइएको छ। यसअघि बलिउड अभिनेता अमिताभ बच्चन र अभिषेक बच्चनमा पनि कोरोना संक्रमण देखिएको पुष्टि भएको थियो । दुवैको मुम्बईस्थित अस्पतालमा उपचार भइरहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया