• २० भदौ २०८३, शनिबार
  • १२ः४२ दिउँसो

कोरोना भाइरसलाई पूर्ण रुपमा निर्मूल गर्न सकिँदैनः डब्ल्यूएचओ

प्रकाशित मिति

२०७७ असार २७ गते, शनिबार ०६:०५

काठमाडौं, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसलाई पूर्णरुपमा नष्ट गर्न सकिने सम्भावना कम रहेको बताएको छ ।डब्ल्यूएचओका आपतकालीन कार्यक्रम प्रमुख डा. माइक रायनले कोरोना पूर्णरुपमा नष्ट वा त्यसबाट पूर्णरुपले मुक्त हुने जस्तो नलागेको बताएका हुन् ।

National Life

‘अहिले जस्तो अवस्था देखिएको छ, त्यसलाई हेर्दा यो लाग्दैन कि यो भाइरसलाई पूर्णरुपमा निर्मूल गर्न सकिन्छ,’ शुक्रबार जेनेभामा भएको अनलाइन पत्रकार सम्मेलनमा उनले भने–‘जहाँ क्लस्टरका रुपमा संक्रमण फैलिएको छ, त्यहाँ संक्रमण रोक्न सकिन्छ, महामारीको दोस्रो लहरबाट बच्न सकिन्छ । तर, यो भाइरसलाई पूर्ण रुपमा निर्मूल गर्न भने सकिँदैन ।’

विश्व स्वास्थ्य संगठनका अनुसार शुक्रबार विश्वभर अहिलेसम्मकै धेरै दुई लाख २८ हजार १०२ जनामा संक्रमण पुष्टि भयो । डब्लुएचओका अनुसार शुक्रबार अमेरिका (उत्तर तथा दक्षिण) मा एक लाख ३८ हजार, युरोपमा २० हजार, पूर्वी भूमध्यसागरमा १६ हजार, दक्षिण पूर्वी एसियामा ३२ हजार तथा अफ्रिकामा १७ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको हो ।

Classic Tech Desktop

विश्वभर कोरोनाबाट संक्रमितको संख्या एक करोड २४ लाख ६५ हजारभन्दा धेरै पुगेको छ । त्यसमध्ये पाँच लाख ५९ हजारभन्दा बढीको ज्यान गएको छ ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या ३१ लाख ८४ हजारभन्दा बढी पुगेको छ । त्यहाँ अहिलेसम्म एक लाख ३४ हजारभन्दा धेरैको ज्यान गएको छ ।

प्रतिकृया