• ७ असोज २०८३, बुधबार
  • ११ः५७ बिहान

कामदारमाथि गोली प्रहार, ८ जनाको मृत्यु

प्रकाशित मिति

२०७७ असार २२ गते, सोमबार ०२:४३

एजेन्सी, मोजाम्बिकको उत्तरी क्षेत्रस्थित एक निजी ग्यास परियोजनामा कार्यरत मजदूरमाथि बन्धुकधारीले गोली प्रहार गरी हत्या गरिदिएका छन् । कम्पनीका अनुसार बाटो ढुकेर बसेका बन्धुकधारीले गोली चलाउँदा कम्पनीमा कार्यरत आठ मजदूरको ज्यान गएको छ ।

National Life

उत्तरी मोजाम्बिकमा सन् २०१७ देखि जिहादी विद्रोह जारी छ । यस विद्रोहका कारण उक्त क्षेत्रमा एक हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । विद्रोहका कारण तेल उत्खननका कार्यमा पनि असर परेको छ ।

तर प्राकृतिक ग्यास ९एनएलजी० का परियोजनामा कार्यरत मजदूरमाथिको आक्रमण भने तुलनात्मक रुपमा कम हुने गरेको अधिकारीहरुले बताएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

फ्रान्सेली तेल उत्पादक टोटलले नियुक्त गरेको फेनिक्स कन्ट्रक्सन सर्भिसले गत महिना आफ्नो कम्पनीमा कार्यरत मजदूरहरु चढेको सवारी साधनमाथि मोजाम्बिकको सेनाको पोशाकमा आएका पाँच जना बन्धुकधारीले गोली चलाउँदा केही मजदूर घाइते भएका र तीन जना अझै बेपत्ता रहेको बताएको छ ।

संयुक्तराष्ट्र संघले गत मे महिनामा सार्वजनिक गरेको अनुमान अनुसार विद्रोही समूहको आक्रमणबाट बिस्थापित हुनेको संख्या दुई लाख १० हजार पुगिसकेको छ । तर पछिल्लो समयमा निरन्तर जारी आक्रमणका कारण बिस्थापितको संख्या दुई लाख ५० हजार नाघेको स्थानीय सहायता निकायहरुले बताएका छन् ।

मोजाम्बिकको उत्तरी क्षेत्रमा आक्रमणहरु भइरहे पनि टोटलले २३ अर्ब डलरको ग्यास परियोजनालाई निरन्तरता दिने बताएको छ ।

प्रतिकृया