• ४ साउन २०८३, सोमबार
  • ७:५७ बेलुका

दिन प्रति दिन साईबर अपराध बढ्दै

प्रकाशित मिति

२०७७ असार २१ गते, आईतवार ०८:३५

काठमाडौं। शान्तिनगरमा बसोबास गर्दै आएका देवरानी सम्झना नाम परिवर्तन र जेठानी एन्जिला नाम परिवर्तन को सम्बन्ध राम्रै थियो। परिवार भित्र कसले कसलाई आदर गर्ने भन्ने विषयमा उनीहरु बीच मनमुटाव सुरु भयो। उनीहरु सम्बन्ध राम्रो रहँदा एकले अर्काको फेसबुक खोलेर चलाउँथे। एन्जिलालाई सासुससुराले अलि बढी माया गरेको भान सम्झनालाई पर्न थाल्यो। उनले जेठानीलाई कसरी तह लगाउने भनेर सोच्न थालिन्। एन्जिलाको फेसबुक एकाउन्टको पासवर्ड सम्झनालाई थाहा थियो। गलत हर्कत अपनाउन सम्झनाले एन्जिलाको फेसबुक रोजिन्। जुन घटना प्रहरीसम्म पुग्ला भन्ने उनले सोचेकीसम्म थिइनन्।

सम्झनाले आफ्नै संवेदनशील अंगको फोटो खिचेर एन्जिलाका फेसबुक फ्रेन्डहरुलाई पठाउन थालिन्। फेसबुकको पासवर्ड फेरेर सम्झनाले गरेको उक्त हर्कतबारे एन्जिला बेखबर थिइन्। लगातार एन्जिलाका साथीहरुलाई त्यस्ता फोटो र भिडियो पुग्न थाले। एन्जिलालाई दिदी भनेर सम्बोधन गर्ने एक युवकको फेसबुकमा सम्झनाले पठाएको सन्देश पुग्यो। ती युवकलाई सन्देश पठाउँदा सम्झनाले शारीरिक सम्बन्ध राख्न चाहेकोसम्म लखेर पठाएकी थिइन्। ती युवक अचम्ममा परेर आफूले दिदी मानेकी एन्जिलाको फेसबुकबाट त्यस्तो सन्देश आएपछि त्यसबारे एन्जिलालाई फोन गरेर सोधे। तब मात्र एन्जिला छाँगाबाट खसेजस्तै भइन्।

Kamana Sewa

उनले फेसबुकको पासवर्ड बिर्सिएको लागेर महिना दिनदेखि फेसबुक चलाएकी थिइनन्। तर भाइ नाता पर्नेले नै उक्त सन्देशको बारेमा बताएपछि उनी छक्क पर्नु स्वभाविकै थियो। एन्जिला आफन्तसँगै महानगरीय प्रहरी अपराध महाशाखा पुगिन्। उनले घटनाबारे जानकारी गराउँदा फेसबुकको पासवर्ड देवरानी सम्झानालाई मात्रै सेयर गरेको बताइन्। प्रहरीले सम्झनालाई पक्राउ गरी महाशाखामा ल्याएर केरकार गर्दा सबै रहस्य बाहिर आयो। एन्जिलाको फेसबुकको पासवर्ड पुन क्रिएट गरेर प्रहरीले सम्झनाका अश्लील हर्कतबारे जानकारी लिएपछि दुबैका परिवारलाई बोलाएर मुद्दा चलाउने वा नचलाउने भनेर राय माग्दा एक पटकलाई भइहाल्यो भनेर उनीहरु राजी भए। प्रहरीले सम्झाइ, बुझाइ गरी उनीहरुलाई छाडिदियो। महाशाखामा एक हप्ता अघि मात्रै पुगेको यो उजुरीबारे रहस्य खोतल्न प्रहरीलाई हम्मेहम्मे परेको थियो।

Classic Tech Desktop

महाशाखाकै साइबर पिलरमा अर्को रोचक घटनाको उजुरी परेसँगै प्रहरीले मुद्दासमेत दर्ता गरेको छ। खोटाङ घर भई गौशाला बस्दै आएका एकराम राईले प्रेमिकासँग गौशालाकै एक होटलमा शारीरिक सम्पर्क गरे। राइको योजना त्यष्ति मात्र थिएन। उनले उक्त अश्लील हर्कतलाई बिकाउको वस्तु बनाए। उनले मलेसिया, कतार, दुबईमा रहेका नेपाली कामदारहरुलाई चङ्गुलमा पार्ने योजना बनाए। उनले युवतीको नाममा एकाउन्ट खोलेर अश्लील गफ गर्न थाले। गफैगफमा उनले अर्धनग्न फोटो पठाए। अरु पनि थुप्रै फोटो र भिडियो पठाएबापत पैसा पठाउन भने। केही युवाहरुले पाँच हजार, १० हजार, १५ हजार र २५ हजारका दरले पैसा पठाउन थाले। राईले प्रेमिकालाई थाहै नदिइ गरेको उक्त हर्कत दिन त पर्दाफास हुनुनै थियो। यो समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।

प्रतिकृया