• ०४:४९ २०८१ बैशाख ७ गते
  • 4:49 am

पूर्वप्रधानमन्त्री भट्टराई टोखामा झाँडी फाँड्दै, वृक्षारोपण गर्दै

प्रकाशित मिति

२०७७ असार २० गते, शनिबार ०२:३३

battarai

काठमाडौं, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई शनिबार काठमाडौंको टोखामा वृक्षारोपण तथा गोडमेलमा सक्रिय हुनु भएको छ । उहाँले त्यहाँ लामोलामो घाँस र झाडी सफा गरेर वृक्षारोपण गर्न व्यस्त रहेको तस्बिर सार्वजनिक गर्नुु भएको हो ।

झाडी सफा गर्ने र वृक्षारोपण गर्ने काममा पूर्वमन्त्री तथा भट्टराई पत्नी हिसिला यमी, स्थानीयवासी र अरु केहि व्यक्तिहरुले पनि साथ दिएका थिए। खैरो रङको हाफ पाइन्ट, कमिज र स्पोर्टस् जुत्ता लगााएर उनी त्यहाँ व्यस्त रहेका तस्बिरहरु भट्टराईको फेसबुक पेजमा सार्वजनिक गरिएको छ।

पूर्वप्रधानमन्त्री तथा संघीय समाजवादी पार्टीका अध्यक्ष भट्टराई केहि समययता अत्यन्त सामान्य र स्वभाविक शैलीमा यस्ता सामाजिक तथा सामुदायिक गतिबिधिमा पहिलेभन्दा अझ बढि सक्रिय देखिनुहुन्छ ।

battarai6 battarai1 battarai2 battarai3 battarai4 battarai5 battarai6 1

Posted by Dr. Baburam Bhattarai on Saturday, July 4, 2020

प्रतिकृया