• २२ भदौ २०८३, सोमबार
  • ११ः२७ राती

इन्जिनियरको कमाइ ५ करोड रुपैयाँ !

प्रकाशित मिति

२०७७ असार २० गते, शनिबार १०:१७

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्र ललितपुरका इन्जिनियर भरतराज आचार्यविरुद्ध ३ करोड २१ लाख ६२ हजार ४ सय ८० रुपैयाँबराबरको अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

National Life

अख्तियारले दायर गरेको अभियोगपत्रमा आचार्यले सार्वजनिक सेवामा प्रवेश गरेको मितिदेखि २०७६ जेठ मसान्तसम्म ५ करोड २९ लाख ४२ हजार ४ सय ६६ रुपैयाँ आम्दानीमध्ये २ करोड ७ लाख ७९ हजार ९ सय ८३ रुपैयाँ मात्रै वैध भएको देखाएको छ । बाँकी ३ करोड २१ लाख ६२ हजार ४ सय ८० रुपैयाँ अवैध तरिकाले धन आर्जन गरेको देखिएकाले मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

सार्वजनिक सेवामा प्रवेशपश्चात् अर्यालले आफू र श्रीमतीका नाममा जग्गा खरिद, घरनिर्माण, सवारी साधन खरिदलगायतमा लगानीका साथै स्रोत नखुलेको रकमसमेत अस्वाभाविक मात्रामा बंैकिङ कारोवार तथा विभिन्न बैंक खातामा रकम जम्मा गरी सेयर लगानीलगायतका आपूmअनुकूल लगानी खर्च गर्ने गरेको देखिन आएको अदालतमा दर्ता गरेको अभियोगपत्रमा उल्लेख छ । विभिन्न बैंक खातामा रकम जम्मा गरी सेयर लगानीलगायतका आफूअनुकूल लगानी खर्च गर्ने गरेको आयोगको अभियोगपत्रमा उल्लेख छ । ३ करोड २१ लाख ६२ हजार ४ सय ८० रुपैयाँ अवैध तरिकाले धन आर्जन गरेको देखिएकाले मुद्दा दर्ता

Classic Tech Mobile
Classic Tech Desktop

सकड विभागमा इन्जिनियरका रूपका कार्यरत आचार्यले सरकारी सेवामा बसेर पदको दुरुपयोग गरी सो रकम जम्मा गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ । सार्वजनिक निर्माण शाखा रुकुममा सब ओभरसियर पदमा १२ असोज २०४१ देखि सरकारी नियुक्ति पाएका आचार्य १ माघ २०६४ मा इन्जिनियरमा बढुवा भएका थिए । उनले विभिन्न जिल्लाको सडक विभागको इन्जिनियर हुदाँ करोडौं रुपैयाँ भ्रष्टाचार गरेको पाइएको अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लेख छ । हाल सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्र ललितपुरमा कार्यरत अवस्थामा अख्तियारले अनुसन्धान गर्दा अकुत सम्पत्ति आर्जन गरेको भेटिएको हो । यो समाचार आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन् ।

प्रतिकृया